लेखनाथ, २ असार। नेपाल कम्युनिष्ट पाटी (ने क पा) केन्द्रिय सदस्य खगराज अधिकारीले पार्टीएकीकरणसँगै अब पार्टीका गुट-उपगुटको अन्त्य हुने बताएका छन्।
एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी-ने क पा), पोखरा लेखनाथ महानगरपालिका वडा ३० ले शनिवार राखेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रदेश ४ सहसंयोजक समेत रहेका अधिकारीले चुनावका समयमा जे बोलियो त्यही अनुसार जनताको चाहना र राष्ट्रिय आवश्यकता अनुसार एकीकरण भएको र अब गुटउपगुट समेत अन्त्य हुने ठोकुवा गरेका हुन्।
समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानका साथ अगाडि बढेको अभियानलाई सफल पार्न कुनै पनि शक्तिले रोक्न नसक्नेमा जोड दिँदै उनले अबको अभियान विकासका लागि भएकाले नेपाललाई कसरी विकास गर्न सकिन्छ भन्नेबारेमा सबैको साथ र सहयोग चाहिने धारणा राखेका थिए। सांसद दीपक कोइरालाले समयको माग र जनताको चाहना अनुरुप भएको पार्टीएकीकरण नै विकासको एउटा आधार भएको धारणा राख्दै देशको आर्थिक तथा सामाजिक विकासका लागि पार्टीत स्वार्थभन्दा पनि राष्ट्रहितका सवालमा काम गरेर देखाउनु पर्ने समय भएको बताए। नेपाल कम्युनिष्ट पाटी (ने क पा) वडा ३० का संयोजक विश्वप्रकाश अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा उमा परियार र वडाध्यक्ष श्रीराम पोख्रलले पार्टीएकीकरणलाई आमनेपालीले खुशी र सुखद पक्षको रुपमा लिनुपर्ने बताए।
पार्टीसचिव कृष्ण अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य सहसंयोजक दयाराम तिवारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
२४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९