पोखरा, २ असार । चौथो अन्तर्राष्ट्रिय पारिवारिक व्रि्रेषण दिवस अवसरमा आइर्एमईले पोखरामा शनिबार प्रभातफेरी निकाल्यो ।
प्रवासी/आप्रवासी नागरिकले परिवारको लालनपालन र आफू जन्मेको देशको दिगो आर्थिक विकासमा रेमिटेन्स मार्फत पुर्याउँदैआएको योगदानको सम्मानमा सन् २०१५ देखि हरेक १६ जुनमा सो दिवस मनाउँदै आइएको छ ।
समग्र विश्वको विकासका लागि रेमिटेन्सको मिलेर उपयोग गर्न नागरिक समाज, नीजि र सार्वजनिक क्षेत्रलाई प्रेरणा प्राप्तहोस् भन्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।
‘सुरक्षित रेमिटेन्सका लागि आधिकारिक माध्यम नै प्रयोग गरौँ’ भन्ने नाराअंकित प्ले-कार्ड बोकेर गरिएको प्रभातफेरीमा आइर्एमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्धनिर्देशक हेमराज ढकाल, आइर्एमई लि. का प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेल, आइर्एमईका ब्राण्ड एम्बासेडर दीपकराज गिरी र दीपा निरौला लगायत आइर्एमईका व्यावसायिक साझेदार एवम् आइर्एमई ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारी सहित करिब २ सय जनाको उपस्थिति थियो।
बिरौटास्थित पोखरा ग्राण्ड होटलबाट शुरु प्रभातफेरी मुस्ताङचोक, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, राष्ट्रबैंकचोक हुँदै पुनः बिरौटा पुगेर समापन भएको आइर्एमई ग्रुपका जनसर्म्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलले जानकारी दिए ।
आफ्नो संस्था स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउनप्रतिबद्व आईर्एमई कम्पनीले सेवा शुभारम्भको १८ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४आइर्एमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार ५ सयभन्दा बढी सव-एजेन्ट र बैंकतथावित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले दु:ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो-छरितो, व्ािश्व्ासनीय र सुरक्षित तवरबाट वितरण गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९