पोखरा, २ असार । प्रदेश सरकारले शुक्रबार २४ अर्ब २ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अरु प्रदेशभन्दा सबैभन्दा सानो आकारको बजेट ल्याएको टिप्पणी भैरहेका बेला अर्थमन्त्री किरण गुरुङले खर्च नहुने बजेट ल्याउनुभन्दा कार्यान्वयन महत्वपूर्ण हुने बताए ।
उनले बजेट यथार्थपरक भएको दावी गरे । ‘प्रतिफल दिने गरी मध्यमकालीन खर्चलाई समेत आँकलन गरेर बजेट ल्याएका छौं । यो बजेट यथार्थपरक छ,’ उनले भने, ‘अनुदानभन्दा बढी कार्यक्रम र योजनामा बजेट छ ।’
प्रदेश ४ सरकारले सांसदले खर्च गर्न पाउनेगरि निर्वाचन क्षेत्र विकास कोषमा रकम छुट्टाएको छैन । संघीय सरकारले निर्वाचन क्षेत्र विकास कोष कायमै राखे तापनि प्रदेश सरकारले भने त्यसलाई निरन्तरता दिएन । संघीय सरकारले विनियोजन गरेको बजेटलाई नै प्रदेशसँग समन्वय गरेर काम गर्ने गुरुङको भनाइ छ । ‘सांसदको काम कानून बनाउने हो । जनताले त्यसकै लागि जनप्रतिनिधिहरु चुनेका हुन्,’ संसदीय पत्रकार मञ्च पोखराले शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले भने, ‘उनीहरुले सरकार बनाउँछन् र चुनिएको सरकारले काम गर्छ ।’ तर सरकारले एक स्थानीय तह, एक कार्यक्रम, एक निर्वाचन क्षेत्र एक स्तरीय सडक लगायतका कार्यक्रममा भने बजेट विनियोजन गरेको छ । सांसद समेतको सहकार्यमा योजना छनौट गरी खर्च गर्ने तयारी छ ।
यस्तै, स्थानीय तह र प्रदेशले सहलगानीमा गर्ने कार्यक्रमहरु एक स्थानीय तह, एक औद्योगिक ग्रामको स्थापना, एक स्थानीय तह-एक शीतभण्डार, हरेक पालिकामा पर्ने गरी ३ सय गाउँमा होमस्टे पर्यटन पूर्वाधार विकास कार्यक्रमको लगायत शीर्षकमा बजेट छ । संघीयतामा आइसकेपछि विगतको केन्द्रिकृत शासन प्रणालीमा जस्तो पकेटबाट बाँड्ने योजना सरकारले नल्याएको उनले बताए । पहुँच हुनेले मात्र योजना पाउने संघीय प्रणालीको अन्त्य गर्ने उनी बताउँछन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९