चितवन, २ असार । चीन सरकारलाई उपहार दिने दुर्इ जोडी एकसिंगे गैंडामध्ये एक जोडी गैंडा चीन पठाउने अन्तिम तयारीमा निकुञ्ज लागेको छ। पठाउन लागिएको एक जोडीको नामाकरण समेत गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार एउटा पोथी गैंडाको नाम ‘रुपसी’ र भाले गैंडाको नाम ‘भद्र’ राखिएको हो। गैंडाको नामाकरण भने वन मन्त्रालयले गरेको हो। वन मन्त्रालयले नामाकरण गरी नाम निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाएको ढकालले जानकारी दिए।
नामाकरण गरिएको पोथीलाई निकुञ्जको सुखीभार क्षेत्रबाट र भालेलाई खोरियामुहान क्षेत्रबाट गत वैशाखको तेस्रो साता नियन्त्रणमा लिई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा पिट बुमा (जमिनमा खाल्डो खनी निर्माण गरिएको खोर) निर्माण गरी राखिएको छ।
एक जोडी गैंडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ मा हुने चीन भ्रमणको समय पारेर पठाउने तयारी गरिएको भए पनि चिनिया टोलीको तयारीको अभावका कारण उक्त समयमा पठाउन नसकिएको ढकालले बताए। चीन पठाउने समयमा राख्ने खोर निर्माण गर्न चिनिया अधिकारीहरुले भनेपछि गैंडालाई राखेर पठाउने चार थान खोर बनाउने कार्य शुरु गरिएको छ।
यहाँबाट दिइएको आकारलाई नै चिनिया टोलीले उक्त आकार जहाजमा राखेर लैजान मिल्ने भनेपछि खोर निर्माण कार्य शुरु गरिएको ढकालले बताए। एक हप्ताभित्र खोर तयार हुने उनले जानकारी दिए।
अर्को एक जोडी गैंडाको नामाकरण गरिएको छैन। नामाकरण गरिएका गैंडालाई असार भित्र र अर्को एक जोडी गैडालाई साउनको पहिलो साता चीन पठाउने तयारी गरिएको छ।
पिट बुमामा राखेर खाना खुवाउने गरिँदैआएका दुर्इ जोडी गैंडा नै मानिससँग घुलमिल हुन थालेका छन्। ती गैंडालाई दिउँसोको समयमा पालैपालो खुल्ला खोर (जमिनमा पर्खाल लगाएर निर्माण गरिएको खोर) मा राख्न थालिएको छ। रातीको समयमा भने पिट बुमामा नै राखिँदैआएको छ।
दुर्इ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका बेला त्यहाँको सरकारले दुर्इ जोडी एकसिंगे गैंडा दिन आग्रह गरेको थियो। सोही आग्रह बमोजिम नेपाल सरकारले चीनलाई गैंडा उपहार दिन लागेको हो।
Related News
सम्बन्धित समाचार
आज सहिद दिवस
पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता
पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
हेम्जामा सेती किनारकाे सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइयो
रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९