हेमजा, २ असार। पोखरा लेखनाथ महानगरपालिकाले बिनानम्बरका गाडी चलाउँदै आएको पाइएको छ। महानगरपालिकाले पुराना तर नम्बर उल्लेख नभएका गाडी सञ्चालन गरिरहेको पाइएको हो।
हेमजामा शनिवार बिहान महानगरपालिकाले फोहर संकलनका लागि नम्बर नै उल्लेख नभएको गाडी पठाएपछि स्थानीय आर्श्चर्यमा परेका छन्।
उनीहरुले कानून कार्यान्वयन गर्ने सरकारी निकाय महानगरपालिकाको यस्तो कार्यप्रति असन्तुष्टि पनि जाहेर गरेका छन्।
सोही गाडीका चालक टंकबहादुर जलारीले आफूले १५ दिनदेखि नम्बर नै उल्लेख नभएको उक्त गाडी चलाइरहेको जानकारी दिए।
जलारी पोखरा लेखनाथ महानगरपालिकाको सहायक स्तर चौथो तहका श्रेणीविहीन कर्मचारी हुन्। पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले पोखरा लेखनाथ महानगरपालिका कार्यालयबाट गम्भीर गल्ति भएको बताउँछन् ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९