बुद्ध जयन्ती समारोह समितिको पदस्थापन

आदर्श समाज सम्वाददाता
असार ३, २०७५
buddha news photo

पोखरा, २ असार । बुद्ध जयन्ती समारोह समिति कास्कीको शनिबार पोखरामा पदास्थापन कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि लुम्बिनी विकास समिति प्रमुख सागर धम्बले कार्यक्रम उद्घाटन गर्दै पञ्चशीलको वाचनका साथै धर्मचर्चा तथा आनापान साधना अभ्यास गराएका थिए। निर्वाचन समितिका संयोजक शंकर गुरुङले समितिको निर्वाचित अध्यक्ष लालचन सहित १५ जना र अध्यक्षबाट मनोनीत ८ जना सदस्यको पदास्थापना गराएका थिए।

सो अवसरमा ज्येष्ठ सदस्य वीरबहादुर गुरुङ, बौद्ध अघौ सदनका अध्यक्ष भुवनसिं गुरुङ,  धर्मशिला बौद्ध बिहारका अध्यक्ष कृष्णमान गुभाजु, त्रिरत्न बिहारका अध्यक्ष मीन गुरुङ लगायतले बोलेका थिए।

समिति अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कृष्ण तामाङले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • दुर्गा मन्दिरमा अक्षरयात्रा

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । अक्षरयात्राको १९७ औं कार्यक्रम स्रष्टा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा…
  • आलु महोत्सव लक्षित सरसफाइ

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    हेमजा । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकिँदा हेमजामा सरसफाइ गरिएको छ । महोत्सव आयोजक विष्णुपादुका क्लबको आयोजनामा…
  • सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताएका छन् । सामुुदायिक संस्थाको महŒव समुदायले नबुझ्दा समस्या…
  • पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड विस्तारका क्रममा कोत्रेदेखि विजयपुरसम्मका विभिन्न खानेपानी आयोजनाका पाइपलाइनमा हुने क्षतिको मूल्यांकनका लागि अनुगमन समिति…
  • लापरवाहीले बढ्यो सडक दुर्घटना

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    लेखनाथ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजनामा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार भएको…

hero news full width