पोखरा, २ असार । लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेपछि उपाधि दाबेदार अर्जेन्टिनाले रुसमा जारी २१ औं विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा आइसल्यान्डसँग अंक बाँडेको छ।
समूह ‘डी’ अन्तर्गत शनिबार भएको पहिलो खेलमा अर्जेन्टिना आइसल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिन पुगेको हो । पहिलो हाफ १-१ गोल बराबरीमा सकिएको खेल दोस्रो हाफमा आइसल्याण्डले रक्षात्मक रणनीतिमा खेल्यो । पहिलो पटक विश्वकपमा सहभागिता जनाएको आइसल्यान्डले बलियो अर्जेन्टिनालाई रक्षात्मक खेल खेल्दै बलियो टक्कर दियो।
खेलको १९ औं मिनेटमा सर्जियो एग्युरोले गोल गर्दै अर्जेन्टिनाको उत्साह बढाएका थिए। सर्जियोले डिबस्सभित्र आइसल्यान्डका ५ जना रक्षकलाई छल्दै उत्कृष्ट गोल गरेका थिए। तर, आइसल्यान्डले ३ मिनेटलगत्तै अर्जेन्टिनाको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै बराबरी गोल फर्काएको थियो। आइसल्यान्डका लागि २३ औं मिनेटमा अल्प|mेड फिनबोगासनले गोल गरे।
६४ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी अवसर पाएकोमा मेसीको फितलो पेनाल्टी सुट विपक्षी गोलरक्षकले सजिलै विफल पारेका हुन् । जसबाट अग्रता लिने अवसर अर्जेन्टिनाले गुमायो ।
ब्राजिलमा भएको गत २० औं विश्वकपमा मेसीले नै अर्जेन्टिनालाई फाइनलसम्म पुर्याएका थिए। अन्ततः अर्जेन्टिना फाइनलमा जर्मनीसँग १-० गोलले पराजित भई उपाधि विमुख भएको थियो ।
उता, शुक्रबार रातिको स्पेन र पोर्र्चुगलको खेल पनि बराबरीमा टुंगियो । क्रिस्टियानो रोनाल्डो सन् २०१८ को विश्वकप फुटबलमा पहिलो हृयाटि्रक गर्ने खेलाडी बन्दा समूह बीमा पोर्चुगल र स्पेनको खेल बराबरीमा सकिएको हो । दुवै टिमको बराबर ३ गोल भएपछि उनीहरुले अंक बाँडे । चर्चित खेलाडी रोनाल्डोले खेलको ४, ४४ र ८८ मिनेटमा गोल गर्दै हृयाटि्रक पूरा गरेका हुन् ।
यस्तै शनिबार भएको पहिलो खेलमा फ्रान्सले अष्टे्रलियालाई २-१ ले हरायो भने अको खेलमा पेरुलाई १-० ले हराउँदै डेनमार्क विजयी भएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
लोकतान्त्रिक खेलकुदको बधाई
‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९