पोखरा, २ असार । पोखरामा जारी सफाइ अभियान शनिबार रानीपौवाचोकदेखि अमरसिंहचोकसम्म सम्पन्न भएको छ ।
‘हप्तामा एक घण्टा : राष्ट्रका लागि स्वयंसेवा’ भन्ने उद्घोषसाथ संचालित अभियानअन्तर्गत १०७ हप्ताको कार्यक्रममा सो क्षेत्रमा सरसफाइसँगै मुख्य सडकखण्डमा नागरिक अधिकार हनन् हुने गरी थुपारिएका निर्माण सामग्री, वषौर्देखि निजी पार्किङस्थलका रुपमा राख्दिैआएका पावरटिलर र भ्यान एवं सडक सभ्यतामा प्रतिकूल असर पर्ने गरी राखिएका कवाडीका सामग्री समेत हटाइएको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए।
यसअघि वडा १२ का वडा अध्यक्ष रामबहादुर कार्कीले उपस्थित सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए ।
अभियानलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, अभियान महिला समूह, माछापुच्छे्र महिला क्लब, महेन्द्रपुल महिला जागरण समूह, मितेरी नारी समूह, ग्लोबल कलिजियट स्कूल, सिर्द्धार्थ बोर्र्डिङ स्कूल, नोवेल सेकेण्डरी स्कूल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, स्थानीय आमा समूह लगायत विभिन्न संघसंस्था, स्थानीय टोलवासीको उल्लेख्य उपस्थिति रहेको अभियन्ता इन्द्रकमल मानन्धरले बताइन् ।कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्य, पोखरा नर्सिङ क्याम्पसका क्याम्पस प्रमुख नीता ताम्राकार, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिलकुमारी शाही र जनप्रतिनिधिको उपस्थिति रहेको थियो । सो अभियानका लागि क्षेत्रीय अस्पतालले ५ प्याकेट ग्लोव उपलब्ध गराएको थियो ।
कार्यक्रममा वडा ११ का वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए । आगामी १०८ हप्ताको सफाइ कार्यक्रम रत्नचोकमा हुनेछ ।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९