हेमजा, २ असार। लियो क्लब अफ हेमजाको आयोजनामा शुक्रवार सम्पन्न अन्तरमाध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा ज्ञानसरोवर एकेडेमीको समूह प्रथम भएको छ।
उक्त प्रतियोगितामा धवलागिरी बोर्र्डिङ स्कूलको समूह द्वितीय, हेमजा बोर्र्डिङ स्कूलको समूह तृतीय र गौरीशंकर माविको समूह सान्त्वना भएका छन्।
प्रमुख अतिथि लियो क्लबका रिजन को-अर्डिनेटर विनायक पौडेलले विद्यार्थीले शैक्षिकका अलावा अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए।लायन्स क्लब अफ हेमजाका पूर्व अध्यक्ष मोतिराज तिम्सिनाले प्रतियोगिताले नै विद्यार्थीको पठनपाठन तिखार्ने दावी गर्दै लियो क्लब अफ हेमजाका गतिविधिको प्रशंसा गरेका थिए।
सो अवसरमा हेमजा बोर्र्डिङ स्कूलका संस्थापक माधवशरण पौडेल, लायन्स क्लब अफ पोखरा नर्थका संस्थापक अध्यक्ष विनोद त्रिपाठी, लियोका पूर्व अध्यक्षद्वय सूर्यराज त्रिपाठी र नवीन त्रिपाठी, लियो क्लब अफ माछापुच्छे्र सिटीका खेमराज पौडेल लगायतले धारणा राखेका थिए। सो प्रतियोगितामा लियो क्लब अफ हेमजाका मनोनीत अध्यक्ष विष्णुप्रसाद दाहालले प्रतियोगिता सञ्चालन तथा लियो क्लबका सदस्य नीराजन अधिकारीले समय सूचकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगिता संयोजक विजय त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम लियो क्लबकी द्वितीय उपाध्यक्ष सामना बरालले सञ्चालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९