पोखरा, २ असार । अनुपम म्युजिक पोखरा तथा कास्की मल्टीमिडियाद्वारा आयोजना गरिएको १२८ औं उद्घोषण तथा भाषणकला तालिम शनिबार सम्पन्न भयो ।
सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै प्रमुख अतिथि वैदाम केवल नेर्टवर्क प्रालिका अध्यक्ष एवम् पोखरा टेलिभिजनका निर्देशक मनोज गुरुङले महिला हकअधिकार विषयमा सजग गराउन साथै महिला हिंसाविरुद्धको अभियानमा लाग्न यस्ता खालका तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए।
हिसान कास्कीका अध्यक्ष रामजी शर्माले समाज रुपान्तरणमा उद्घोषण तथा भाषणकला तालिमको आवश्यक रहेको बताउँदै देशलाई समृद्ध बनाउन महिलाको क्षमता अभिवृद्धि गराउनुपर्नेमा जोड दिए ।
तालिम प्रशिक्षक अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीले आफ्नो संस्थाले कुरामा भन्दा उपलब्धिमा ध्यान दिने गरेको बताउँदै प्रशिक्षार्थीलाई सक्षम बनाउन संस्थाले राम्रो व्यवस्थापनका साथ तालिम सञ्चालन गरिरहेको बताए।
अनुपम म्युजिक पोखराका संरक्षक वीरेन्द्रमान पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा गायक तथा संगीतकार रामभक्त जोजिजू, सन्तोष पराजुृली र दुर्गा मगरले आफनो गीत प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन गंगा तिवारीबाट भएको हो ।
कार्यक्रममा प्रशिक्षार्थी लक्ष्मी अधिकारी, सुनिता शर्मा, देवी पनेरु, मीना पोख्रेल, मधु भण्डारी, डिलमाया अधिकारी, सरु आचार्य, स्मृति श्रेष्ठ, सावित्री आचार्य, अस्मिता अर्याल, शारदा सापकोटा, सुशीला सापकोटा, शान्ति अधिकारी, रमा पौडेल, शान्ति आचार्य लगायतले तालिमसम्बन्धी धारणा व्यक्त गरेका थिए । तालिममा ३५ जना प्रशिक्षार्थी सहभागी थिए।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
कांग्रेस पोखरा महानगरका संस्थापक सभापति रेग्मीको स्मृति ग्रन्थ लोकार्पण
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९