हेमजा, २ असार। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा शनिवार मिलनचोकदेखि साझा हुँदै लामाचौतारासम्म सरसफाइ गरिएको छ ।
करिब १ किमी राजमार्ग क्षेत्र सरसफाइमा हेमजाका नागरिक, पत्रकार, प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि, केन्द्रका सदस्य लगायतको बाक्लो उपस्थिति थियो। संकलित फोहर पोखरा लेखनाथ महानगरपालिकाको फोहर संकलन गर्ने गाडीमा व्यवस्थापन गरिएको थियो।वडाध्यक्ष शोभाकर तिम्सिनाले फोहरमैला व्यवस्थापनका लागि फोहरको वर्गीकरण गरिनुपर्नेमा जोड दिए । उनले आमनागरिक सचेत भएमात्रै समाज सु-संस्कृति युक्त बन्ने दावी गरे।
केन्द्र अध्यक्ष विष्णु बास्तोलाले केन्द्रका गतिविधिमा सबै हेमजावासीले साथ दिनुपर्ने औल्याइन्। उनले कार्यक्रमलाई साप्ताहिक रुपमा निरन्तरता दिइने पनि जनाइन् ।
आगामी साताको श्रृङ्खला लामाचौतारादेखि स्थानीय तिब्वतीयन क्याम्पसम्म हुने जनाइएको छ।
केन्द्रकी अध्यक्ष बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम केन्द्रका सचिव दानबहादुर भुजेलले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९