प्रदेश राजधानीका लागि नुवाकोटमा सम्भाव्यता अध्ययन

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७५

नुवाकोट, २८ जेठ । प्रदेश ३ को राजधानी निर्धारणका लागि सम्भाव्यता अध्ययन गर्न गठित समितिले सोमबार यहाँको साधन तथा स्रोतको अवस्था एवं विकास निर्माण र प्रशासनिक वस्तुस्थितिको जानकारी लिएको छ।

प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका स्थानहरूको अध्ययनका क्रममा समितिका संयोजक दीपक निरौलासहितको सदस्यको टोलीले नुवाकोटको स्थलगत अध्ययन तथा सरोकारवालासँग अन्तरक्रिया गरी भौतिक संरचना, भौगोलिक बनावटलगायतका तोकिएको मापदण्डको तथ्याड्ढ संकलन गरेको हो।

जिल्लामा रहेका सरकारी भौतिक संरचना र विकास निर्माणको अबस्थाको अध्ययन गरिएको समितिका सभापति निरौलाले जानकारी दिए।

उनका अनुसार राजधानी चयनका लागि सचिवालयमा दर्ता भएका प्रस्तावहरूको आधारमा नुवाकोटबाट स्थलगत अध्ययन गरी समितिले कामलाई तीव्रता दिएको हो।

“केही दिनअघि प्रश्नावलीमार्फत तथ्याड्ढ संकलन गरी प्रस्ताव दर्ता भएका जिल्लाहरूको वस्तुस्थितिको जानकारी लिएका थियौँ।” उनले भने, “स्थलगत अध्ययनको क्रममा देखिएका पक्षलाई समावेश गरी प्रदेशसभामा प्रतिवेदन पेश गर्नेछौँ।”

अध्ययनमा आएको टोलीलाई यहाँबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, प्रदेशसभा सदस्यहरू बद्री मैनाली, हीरानाथ खतिवडा, आशामाया तामाङ, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङसहित राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज लगायतले प्रदेशको राजधानी नुवाकोट हुनुपर्ने आधार पेश गरेका थिए।  जिसस नुवाकोटले समितिलाई उपलब्ध गराएको तथ्याड्ढमा राजधानीका लागि १२१ वटा प्रश्नावलीमा फोरेन्सिक प्रयोगशाला, अत्याधुनिक प्रयोगशाला, प्राकृतिक चिकित्सा अस्पताल, चिडियाखाना, बिज्ञान तथा प्रविधि प्रतिष्ठान र र·शाला बाहेक ‘सबै संरचना उपलब्ध भएको’ उल्लेख छ।

नुवाकोटको अध्ययन पूरा गरेको समितिले अब काभ्रे, भक्तपुर, चितवन र मकवानपुरको अध्ययनपश्चात आगामी असार १० गते प्रतिवेदन पेश गर्ने समितिका सदस्य रीता माझीले जानकारी दिए। समितिको म्याद असार ११ गते सकिँदैछ।

Related News

सम्बन्धित समाचार

  • नौमती बाजाः जीतको पर्याय

    धनबहादुर गुरुङ जेठ ९, २०७९
    पोखरा । पोखरा पृथ्वीचोकमा रहेको इन्द्रेणी नौमती मगर बाजा समूह आइतबार दिनभर व्यस्त रहे । टिमका १४ जनालाई बाजा बजाउन…
  • सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा

    आदर्श समाज सम्वाददाता जेठ ८, २०७९
    पाेखरा । सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा…
  • महानगरमा बिदा नहुने

    रासस जेठ ८, २०७९
    काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यालय सञ्चालन गर्ने भएको छ । कामपाको…
  • गणतन्त्र दिवस ३ दिन मनाइने

    आदर्श समाज सम्वाददाता जेठ ५, २०७९
    पोखरा । सरकारले गणतन्त्र दिवस ३ दिनसम्म मनाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९…
  • भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै

    रासस जेठ १, २०७९
    लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्दै हुनुहुन्छ…

hero news full width