पोखरा, २८ जेठ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन) र कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा बचत तथा ऋण सहकारीको कास्की जिल्लास्तरीय प्रथम महिला गोष्ठी सम्पन्न भएको छ। प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सहकारीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताए। आर्थिक समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले बताए।
नेफ्स्कुनका केन्द्रीय अध्यक्ष डीबी बस्नेतले सहकारी क्षेत्रमा महिलाको सहभागिता उत्साहजनक रहेको र नेतृत्व तहमा पनि महिला आउनुपर्ने बताए। यस्ता कार्यक्रमले महिलाको चौतर्फी विकासमा सहयोग गर्ने र समय समयमा यस्ता कार्यक्रम आवश्यक रहेकोमा जोड दिए।
गोष्ठीमा सहकारीसम्बन्धी विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा सहजीकरण गरी छलफल तथा टिप्पणी गरिएको थियो।
नेफ्स्कुनका सञ्चालक तथा प्रदेश ४ संयोजक भीम गुरुङ, प्रदेशसभा सचिवालयका शाखा अधिकृत इश्वरी ढकाल र नेफ्स्कुनका सञ्चालक शान्ति अधिकारीले कार्यक्रममा सहजीकरण गरेका थिए। पोखरा लेखनाथ महानगरपालिकाका शाखा अधिकृत दुर्गा न्यौपाने, अधिवक्ता मीना रानाभाट, सञ्चारकर्मी सुष्मा पौडेलले टिप्पणी गरेका थिए।
कार्यक्रममा नेफ्स्कुनका केन्द्रीय सञ्चालक चण्डीप्रसाद शर्मा, बचत संघका उपाध्यक्ष भेषराज बराल, अन्नपूर्ण गाउँपालिकाका उपप्रमुख सगुन गुरुङ, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, नेफ्स्कुन फिल्ड कार्यालय पोखराका सञ्चालक तथा कास्की बचत संघका कोषध्यक्ष नारायणप्रसाद आचार्य, कास्की बचत संघका सचिव दीपक प्रकाश आचार्य, राष्ट्रिय सहकारी बैंकका केदारनाथ उप्रेती लगायतले बोलेका थिए। नेफस्कुन फिल्ड इञ्चार्ज जगन्नाथ लामिछानेले कार्यक्रममा कास्कीका विभिन्न बचत तथा ऋण सहकारीबाट करिब २ सय महिला सहभागी भएको जानकारी दिए। सो कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक कमलादेवी गिरीले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९