पोखरा, २८ जेठ। पोखरामा जेठ ३० देखि असार २ गतेसम्म हुन लागेको महिला उद्यमी मेला-२०७५ तयारी पूरा भएको छ।
‘आर्थिक समृद्विका लागि महिला उद्यमशीलता’ भन्ने मूलनाराका साथ पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास उपसमितिले मेला आयोजना गर्न लागेको हो। मेला पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ।
‘मेला तयारी पूरा भएको छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महिला उद्यमी मेला संयोजक सीता बरालले भनिन्-‘मेला सफल बनाउन सवैको सहयोग अपेक्षा गरेका छौं।’
महिला उद्यमशीलता प्रवर्द्वन गर्ने, महिलाद्वारा उत्पादित वस्तु बजारीकरण गर्ने, महिला उद्यमीलाई कर, लेभलिङ्ग, प्याकेजिङ्गका बारेमा सक्षम बनाउने उदेश्यले मेला आयोजना गर्न लागिएको हो।
मेलामा महिला उद्यमीद्वारा उत्पादित सामग्रीका ७० भन्दा बढि स्टल रहने छन्। मेलामा महिला उद्यमशीलताको अवस्था, चुनौती, सम्भावना र दायित्वबारे छलफल गरिनुको साथै महिलालाई उत्प्रेरणा गर्न सेमिनार गरिने छ।
त्यस्तै, मेलामा बैकिङ साक्षरता, कर शिक्षा, आँखा शिविर र महिलाको स्तन तथा पाठेघरको क्यान्सर परीक्षण पनि गरिने छ।
मेलामा प्रवेश निःशुल्क छ। मेला सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। पत्रकार सम्मेलन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा भएको थियो।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९