पोखरा, २६ जेठ। पर्यटकीय गाउँ सिक्लेसदेखि हिमालको फेदी कोरीसम्म केवुलकार चलाइने भएको छ। मादी गाउँपालिकाले कन्सल्ट्यान्टलाई लगाएर केवुलकार सञ्चालनका लागि प्रारम्भिक अध्ययन पूरा गरेको हो।
प्रारम्भिक अध्ययनले केवुलकार सञ्चालन गर्न उपयुक्त र सम्भव देखिएको अध्ययन टोलीले जनाएको छ। क्युबिक इञ्जिनियरिङ कन्सल्टेन्सीले ३ महिना लगाएर अध्ययन गरेको थियो। ‘केवुलकार चलाउन सबै हिसाबले सम्भव छ। प्राविधिक हिसाबले कुनै अवरोध देखिँदैन,’ कन्सल्टेन्सीका निर्देशक दण्डराज पौडेलले भने, ‘केवुलकार सहित स्केटिङको पनि बलियो सम्भावना छ। यसले मादी गाउँपालिकाको विकासे ढोका खुल्छ।’ कोरीमा वर्षो ८ महिना हिउँ भइरहने र त्यहाँ निकै फराकिलो ठाउँ भएकाले स्केटिङको सम्भावना बलियो छ।
केवुलकार सञ्चालन गर्न १ अर्ब ५० करोड लाग्ने प्रारम्भिक अनुमान छ। साढे ६ किलोमिटर लामो केवुलकारका लागि २१ वटा केवल टावर राख्नुपर्नेछ। ‘केवुलकार चलेपछि दैनिक १ हजार २ सय जना आउजाउ गर्न सक्नेछन्। वाषिर्क ३६ करोड रुपैयाँ आम्दानी हुने हाम्रो अनुमान छ,’ पौडेलले थपे, ‘१० करोड रुपैयाँ वाषिर्क खर्च भए पनि ५ वर्षभत्रै लगानी उठाउन सकिन्छ।’ अध्ययन टोलिले विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नका लागि विज्ञ टोली खटाउन सुझाव दिएको छ।
पोखराबाट २ घण्टामा सिक्लेस पुगिन्छ। सिक्लेसदेखि १५ मिनेटको केवुलकार यात्रापछि हिउँमा रमाउन सकिने गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ -श्याम) बताउँछन्। चुनाव जित्नेबित्तिकै उनले केवुलकार चलाएर पर्यटन प्रवर्द्धन गर्ने घोषणा गरेका थिए। गाउँपालिकाले केवुलकार बनाउने योजना ल्याएपछि चिनियाँ कम्पनी लगानीका लागि इच्छुक देखिएको छ। ‘पूर्व सम्भाव्यता अध्ययनलले पोजिटिभ निष्कर्षनिकालेको छ। हामी उत्साही छौं,’ उनले भने, ‘लगानीका लागि विभिन्न कम्पनीहरुले इच्छा जाहेर गरेका छन्। कुन मोडलमा निर्माण गर्ने भन्ने गाउँसभामा छलफल गरेर टुगाउँछौं।’ सार्वजनिक निजी साझेदारीमा आयोजना निर्माण गर्ने उनको योजना छ। प्रदेश सरकारले पनि प्रदेश ४ भित्र ११ ठाउँमा केवुलकार चलाउने योजना ल्याएको छ। यसका लागि पहिलो चरणमा पूर्व सम्भाव्यता अध्ययनका लागि चालु वर्षा खर्च हुने गरी १५ लाख रुपैयाँ विनियोजन पनि भैसकेको छ। पोखरा लेखनाथ महानगरपालिकाले पनि गाउँपालिकासँग सहकार्य गरेर केवुलकार निर्माणमा सघाउने बचन दिएको अध्यक्ष गुरुङले बताए। केवुलकारलाई पहिलो पूर्वाधारको रुपमा लिएर थप पूर्वाधारहरु निर्माणका लागि पनि तत्कालै अध्ययन थाल्ने उनको भनाइ छ।
‘केवुलकार एउटा ढोकामात्रै हो। यही ढोकाबाट पसेर विकासका सम्भावना खोज्छौं,’ उनले थपे, ‘वातावरणमैत्री होटल रेष्टुरेन्ट सञ्चालन, एडभेन्चर खेलको पनि छुट्टै प्याकेज बनाएर अध्ययन गर्र्छौं। स्केटिङ र प्याराग्लाइडिङको अधिक सम्भावना हामीले देखेका छौं।’ केवुलकारको अन्तिम गन्तव्यपछि दायाँ-बायाँ कपुचे ताल र क्होंलासोंथर पर्छ। मनाङ छिर्ने नयाँ ट्रयाक पनि यही बाटोबाट छिचोल्न सकिन्छ। कोरी आसपासमा नयाँ शहर बसाउने परिकल्पनाका साथ काम सुरु गरेको गाउँपालिकाका अध्यक्ष गुरुङ सुनाउँछन्।
प्रदेश सरकारले पनि केवलुकार निर्माणमा पूर्ण सहयोग गर्ने जनाएको छ। अर्थमन्त्री किरण गुरुङले पर्यटन प्रवर्द्धन सरकारको पहिलो प्राथमिकतामा रहेको भन्दै पर्यटनसँग सम्बन्धित सबै पूर्वाधार निर्माणमा सरकारको पूर्ण साथ रहने बताए। सिक्लेस-कोरी केवुलकारको सम्भाब्यता अध्ययन प्रतिवेदन हेरेपछि उनले सरकारले लिएको लक्ष्य पूरा गर्न केवुलकार महत्वपूर्ण हुने बताए। ‘२०२२ सम्म २० लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ। यस्ता खालका पूर्वाधार बनाउन सके पर्यटकको आकर्षा पनि बढ्छ,’ उनले भने, ‘प्रदेश सकारको पूर्ण साथ रहन्छ। यसैका लागि लगानी सम्मेलन पनि आयोजना हुँदैछ।’ मादी गाउँपालिकाको पर्यटनलाई गुरुयोजना सहित मेगा प्रोजेक्टको रुपमा अघि बढाइने गुरुङको भनाइ छ। आगामी आर्थिक वर्षा सरकारको कुल बजेटको ३५ देखि ४० प्रतिशत भौतिक पूर्वाधार निर्माणमै खर्च हुने भन्दै उनले केवुलकारका लागि पनि पर्याप्त बजेट विनियोजन हुने विश्वास व्यक्त गरे।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९