पोखरा, २६ जेठ। संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले कम्युनिष्ट पार्टीसँग एकीकरण नहुने बताएका छन्। पोखरामा पत्रकारसँग कुरा गदै उनले एकीकरणको कुरा चले पनि होहल्लामात्रै भएको बताए।
‘कम्युनिष्टको साइडबोर्डसँग एकीकरणको सम्भावना छैन,’ उनले भने, ‘सैद्धान्तिक रुपमा पार्टीफरक छ। त्यसैले एकीकरणको सम्भावना छैन।’ सैद्धान्तिक रुपमा मिल्ने समाजवादीसँग पार्टीकिकरण गर्न सकिने उनको भनाइ थियो। उनले फोरम प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा रहेको स्पष्ट पारे।
‘जनताबाट निर्वाचित प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली नेपालमा अतिआवश्यक छ। ढिलै भएपनि यसको बाटोमा हामी अघि बढौं,’ उनी भन्छन्, ‘जनताबाट निर्वाचित राष्ट्रपति र संसद् भए अहिलेको विकृति अन्त्य हुन्छ। दायाँबायाँबाट चल्ने प्रणाली सकिन्छ।’ उनले जनताको राजनीतिक पहिचानको मुद्दा उठाउन सरकारमा सहभागी भएको भन्दै दुर्इतिहाई बहुमतका आधारमा संविधान संशोधन गरी जनपक्षीय बनाउने बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका यादवले आर्थिक समृद्धिको लागि पर्यटन, जलस्रोत र कृषिलाई उपयपोग गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले पहिचान, समावेशीता र सुशासन लगायत जनताको शिक्षा स्वास्थ्यको अपेक्षित आवश्यकता प्राथमिकताको आधारमा परिपूर्र्ति गर्ने अवसर सरकारलाई मिलेको समेत बताए। मुलुकमा ठूलो आर्थिक व्यापार घाटा, गरीबी र बेरोजगार एवं ढिलासुस्ती विकृतिको अन्त्य गरी समृद्धितर्फअगाडि बढाइनेतर्फसरकारले ध्यान केन्द्रित रहेको स्पष्ट पारे।
मन्त्री यादवले गुणात्मक स्वास्थ्य सेवा कसरी पुर्याउने भन्ने चिन्ता अहिलेको चुनौती रहेको बताए। स्वास्थ्यमा वेथिति रहेको उल्लेख गर्दै उनले त्यसलाई हल गरेर अगाडि बढ्दै स्वास्थ्य विमालाई समिति गठन गरेर व्यवस्थित गरिने प्रष्ट पारे। उनले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ‘मेडिकल हव’ बनाउने योजना रहेको समेत सुनाए। त्यसैक्रममा मन्त्री यादवले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल समेत निरीक्षण गरेर फर्किए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखरा महानगरको मतगणना सुरु
१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र
राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९