पोखरा, २६ जेठ। विद्यार्थीको उत्साहजनक सहभागिताका साथ पोखरामा आयोजित तेस्रो ‘मेगा एजुकेशन फेयर’ शनिबार सकिएको छ।
न्यूरोडको सिटी स्क्वायरमा शुक्रबार र शनिबार चलेको फेयरमा विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थी लक्षित गर्दै इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा वर्षोनी आयोजना गर्दैआएको मेलाको यो तेस्रो संस्करण हो।
वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाका अनुसार फेयर सोचेअनुरुप सफल भएको छ। ‘फेयरमा विद्यार्थी समूहगत रुपमा आए। शुक्रबार उपस्थिति उल्लेख्य रह्यो। आगामी मेलामा झनै धेरै सहभागिताको आशा राखेका छौं।’ फेयरमा विद्यार्थी तथा अभिभावकलाई निःशुल्क प्रवेशको व्यवस्था थियो।
अध्ययनका लागि रोजाइका मुलुक अष्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड, जापान लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृत्ति विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरिएको उनले बताए।
फेयरमा उत्कृष्ट कलेज र युनिभर्सिटी तथा कन्सल्टेन्सी गरी २० वटा भन्दा बढी संस्था सहभागी थिए। मेलामा शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाले परामर्श दिएका थिए।
मेलामा विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिबाट छात्रवृत्तिसम्बन्धी जानकारी, आइएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराइएको थियो।
क्वीन्सफोर्ड कलेज प्रस्तुतकर्ता रहेको मेलामा विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापान लगायत देशका उत्कृष्ट कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीबारेमा विस्तृत रुपमा जानकारी पाउने व्यवस्था थियो। फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रवृत्ति अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा थियो।
इम्पल्स इन्टरनेशनलको सहयोगमा भएको फेयरका मुख्य प्रायोजक इप्लानेट, एक्सेस एजुकेशन, इनर्सच एजुकेशन, थर्ड आई एजुकेशन, नेप्कम्स युनिस्टार, कंगारु, न नेक्स्ट, मेट्स इन्टरनेशनल, प्याकेशिया, बुमर्याङ इन्टरनेशनल, प्रोफेशनल एजुकेशनल, काठमाण्डु इन्फोसिस, अष्ट्रेलियन टेक्निकल कलेज, ओम्स अब्रोड, मिराकल इन्स्टिच्युट, अस् स्टडिज, डेल्टा, र्एइ ग्लोबल लगायत थिए।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९