लेखनाथ, २६ जेठ। कास्की प्रहरी उपरीक्षक ओमबहादुर रानाले कास्कीलाई लागु औषध र अपराधमुक्त क्षेत्र घोषणा गर्ने विषयलाई पुनः दोहोर्याएका छन् ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं समुदायिक प्रहरी सेवा तथा पोखरा लेखनाथ महानगरपालिका वडा २९ को आयोजनामा भएको लागु औषध नियन्त्रण महाअभियानअन्तर्गत बृहत सचेतनामूलक र्यालीलाई सम्बोधन गर्दै एसपी रानाले सो कुरामा जोड दिएका हुन् ।
उनले कास्कीलाई अपराधमुक्त क्षेत्र बनाउने अभियानमा कुनै पनि कसर बाँकी नराखी लागु औषध उत्पादनकर्ता, बिक्रेता तथ प्रयोगकर्तालाई ठाउँको ठाउँ कारबाही गरेर देखाउने प्रतिबद्धता जनाए।
कास्कीको शान्तिसुरक्षामा कुनै कमी आउन नदिन र समाजमा शान्तिसुव्यवस्था स्थापित गराउँदै जाने उनले बताए ।
राजनीति आधारमा व्यवसायीलाई ठग्ने, धम्क्याउने र प्रलोभनमा पार्ने जस्ता अमानवीय कार्य गर्ने तस्करलाई जनताकै सहयोगमा नियन्त्रणमा लिएर कारबाही गरेरै छाड्ने एसपी रानाको भनाइ थियो।
लागुऔषध महाअभियान पोखरा लेखनाथ २९ का संयोजक जीजनदेव पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ, वडा ३० का वडाध्यक्ष श्रीराम पोखरेल, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति उपाध्यक्ष सोमनाथ बास्तोला, संयुक्त गोर्खा भूपू सैनिक क्लबका अध्यक्ष मेजर रामप्रसाद गुरुङले लागु औषध नियन्त्रणका सवालमा स्वयमं अभिभाक सचेत हुनुपर्ने सुझाव राखेका थिए।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाका अध्यक्ष ज्ञानेन्द्र बजगाईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव त्रिलोचन लामिछानेले गरेका थिए ।
कार्यक्रममा लोकदोहोरी गायक शिवहरि ढुंगानाले जनचेतनामूलक गीत गाएका थिए।
Related News
सम्बन्धित समाचार
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
प्रधानसम्पादक बास्तोला सम्मानित
बगनासकालीको वार्षिक समीक्षा
करेन्ट लागेर ससुरा–बुहारीसहित ३ जनाको मृत्यु
चुनाव मिति आज तोकिने
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा
श्रावण १९, २०७९