हेमजा, २६ जेठ। सामाजिक विकास मन्त्री नरदेवी पुनले उचित शिक्षाको अभावका कारण नेपाली समाजमा बालविवाह बढ्दै गएको बताएकी छन्।
बालिका बेहुली होइनन्, राष्ट्रिय सञ्जालको सहयोगमा संरक्षक समूह नेपाल -ससने) को आयोजनामा पोखरामा शनिवार सम्पन्न बालबिवाह अन्त्यका लागि प्रदेशस्तरीय कार्यशाला गोष्ठी शुभारम्भ गर्दै मन्त्री पुनले सो कुरामा जोड दिएकी हुन्।
मन्त्री पुनले बालविवाह अन्त्यका लागि समाजमा हाल भएका कानूनी व्यवस्थाबारे यथेष्ट जानकारी दिनुपर्ने, भएको कानूनको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने पनि बताइन् । उनले बालविवाहको अन्त्यका लागि स्थानीय सरकारी चनाखो बन्नुपर्ने औँल्याउँदै महिला, पुरुष दुवै शिक्षित भएमात्रै समाज समृद्घ बन्ने बताइन्।
सांसद जुनादेवी नेपालीले गलत संगतले बालविवाह हुने गरेको छ भन्दै विद्यालय शिक्षामा पनि प्रजनन् स्वास्थ्यबारे पठनपाठन गराउनुपर्ने आवश्यकता औल्याइन्। उनले ‘बिहेवारी बीस वर्षपारी’ भन्ने नेपाली उखानलाई प्रष्ट पनि पारेकी थिइन्।
सांसद प्रभा कोइरालाले उचित शिक्षा र चेतनाको अभावका कारण बालविवाह हुने गरेको छ भन्दै बालविवाह अन्त्यका लागि सरोकारवाला सबैले मनबाटै संकल्प गर्नुपर्ने तर्क गरिन्।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले अशिक्षा र सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा बालविवाहले प्रशय पाइरहेको जनाए। कास्कीकी महिला विकास अधिकृत तुलसा अर्यालले बालविवाह अन्त्यका लागि आगामी १० वर्षो रणनीति बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्। त्यस अवसरमा पोखरा लेखनाथ महानगरपालिकाकी सामाजिक कार्यक्रम अधिकृत दुर्गा न्यौपाने, जिल्ला शिक्षा अधिकारी नारायण सुवेदी, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदम पहारी लगायतले आ-आफ्ना धारणा राखेका थिए।
बालिका बेहुली होइनन्, राष्ट्रिय सञ्जालका कार्यक्रम निर्देशक अजित आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संरक्षक समूह नेपालकी कार्यक्रम संयोजक जेनी पोखरेलले गरेकी थिइन्।
यसैबीच संरक्षक समूह नेपालको आयोजनामा बालविवाह अन्त्यका लागि स्थानीय तहमा नीतिगत संवाद कार्यक्रमअन्तर्गत शनिवार पोखरा लेखनाथ महानगरपालिकासँग अन्तर्त्रिफया गरिएको छ।
महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विकसित प्रविधि दुरुपयोगका कारण बालविवाह बढेको औल्याउँदै त्यस्ता विवाहलाई समाजका सबै वर्ग समुदायले तिरस्कार गर्नुपर्नेमा जोड दिए।उनले मानिसको भौतिक विकाससँगै मानवीय विकास पनि जरुरी भएको जनाएका थिए।
उक्त कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, महानगरपालिकाका कर्मचारी लगायत अन्य सरोकारवालाको पनि सहभागिता रहेको थियो। त्यस अवसरमा संरक्षक समूह नेपालका कार्यालय संयोजक शान्ति सापकोटा, कार्यक्रम संयोजक जेनी पोखरेल, कार्यक्रम सहसंयोजक स्नेहा नेवा·, सोलुड नेपालका कार्यक्रम निर्देशक अजित आचार्य लगायतले सहजीकरण गरेका थिए।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९