‘बौद्धिक शोषणको अन्त्य गर’

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७५
dev raj

पोखरा, २६ जेठ । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन महानगर कमिटिले पोखरा लेखनाथ महानगरपालीकाका मेयर मानबहादुर जिसी  र शिक्षा महाशाखा प्रमुख केदार आचार्यलाई ज्ञापनपत्र बुझाएको छ।

शैक्षिक क्षेत्रबाट योग्य, क्षमतावान् र कुशल नागरिक उत्पादनहोस् भन्ने विषयमा ध्यानाकर्षा गराउँदै ज्ञापनपत्र बुझाइएको हो ।

सामुदायिक शिक्षक युनियन महानगरका अध्यक्ष देवराज शर्माले देशको लागि योग्य जनशक्ति उत्पादन गर्ने थलो नै शिक्षा भएको हुँदा यसलाई व्यवस्थित र वैज्ञानिक प्रणालीबाट व्यवस्थापन गर्न नसक्ने हो भने वर्तमान सरकारको समृद्ध नेपाल निर्माणको परिकल्पानाले सार्थकता पाउन नसक्ने बताए । उनले यस विषयमा योग्य शिक्षकको योग्यताअनुरुपको सम्मान, पेशागत सुनिश्चितता, शैक्षिक सुधार र शैक्षिक स्रोतको सही व्यवस्थापनसँगै समग्र शिक्षा नीतिलाई सबैको चासो र सरोकारको विषय बनाई शैक्षिक क्षेत्रको रोजगारीलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै ज्ञापनपत्र बुझाइएको बताए ।

महानगर प्रमुख मानबहादुर जिसीले लामो समय राज्यलाई योगदान गर्ने साविक ११ र १२ मा अध्यापनरत शिक्षकलाई न्याय हुने गरी आफ्नो भूमिका रहनेमा आश्वस्त रहन आग्रह गरे । २०४८ सालदेखि हालसम्म कक्षा ११ र १२ मा अध्यापन गराउने देशभरिका सामुदायिक विद्यालयहरुमा हालसम्म एक जना पनि स्थायी शिक्षक नभएको तत्कालीन सरकार र राज्यले गरेको विभेदकारी कार्यबाट शिक्षक मारमा परेको भन्दै उनले यसको व्यवस्थापनमा महानगर सचेत रहेको बताए ।

स्थानीय निकायको अधिकार क्षेत्रमा रही आफ्नो विवेकले थेग्ने गरी युनियनले उठाएका मुद्दामा सम्बोधन गर्न आफ्नो योगदान रहने शिक्षा महाशाखा प्रमुख केदार आचार्यले बताए । उनले सामुदायिक शिक्षक युनियन महानगरसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width