मिस सी क्वीन सुप्रिमा

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७५
IMG_7987

पोखरा, २६ जेठ । सुप्रिमा तुलाधरले मिस सि क्वीन-४ को ताज पहिरेकी छन् ।

द लुक्स फेसन होम्स्ले एसर्इइ परीक्षा दिएर बसेका किशोरीको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले शनिबार आयोजना गरेको सो इभेन्टमा पोखरा तेर्सापट्टीकीले तुलाधरले मिस फोटोजेनिकको सवटाइटल सहित सो ताज पहिरेकी हुन् । शुरुवातदेखि नै दर्शकको निकै हुटिङ पाएकी उनीले पोखराको सेन्ट मेरिजबाट एसर्इइ दिएकी हुन् ।

प्रतियोगितामा फस्ट रनरअप प्रगति बोर्डिङबाट परीक्षा दिएकी लामाचौरकी एलिना श्रेष्ठ र लिटिल स्टेपबाट परीक्षा दिएकी दीया गुरुङ सेकेण्ड रनरअप घोषित भइन् । एलिनालाई हेल्दी हेयर र दीयालाई पर्सनालिटी उपाधि पनि दिइयो ।

११ जना प्रतिष्पर्धीमध्ये भ्यूवर च्वाइससहित वेष्ट डिस्सीप्लिनको उपाधि प्रियंका कार्कीले चुमिन् । यस्तै, सोनी पौडेल मिस पञ्चुअल, रोजिना केसी मिस ट्यालेन्ट, नीभिना तामाङ मिस चार्मिङ, पूजा बास्तोला सी फेसबुक, समीक्षा पौडेल र्फममेन्स र अनिशा श्रेष्ठ वेष्ट फ्याण्ड्ली भए ।

उनीहरुलाई प्रमुख अतिथि न्यू ग्लालेक्सी स्कुलका प्राचार्य डा रामजी शर्मा, संस्थाका प्रबन्ध निर्देशक रवीन्द्र बज्राचार्य, मिस सी क्वीन-३ खुशी खाँण, मिस सी क्वीन-२ मोनिका गुरुङ, मिस सी क्वीन-२ की भ्यूवर च्याइस नीशा गुरुङ, पत्रकार विजय नेपाल लगायतले ताज लगाउनुका साथै पुरस्कार प्रदान गरे ।

निर्णायकमा नायक अमर सुवेदी, सैनिक आवासीय स्कुलका अंग्रेजी विभागका इञ्चार्ज लोकनाथ पौडेल, मन्टेसरी एशोसिएसन अध्यक्ष अरुना शेरचन र ग्यालेक्सी स्कसहायक प्राचार्य राजेश भण्डारी थिए । प्रतिष्पर्धीलाई विभिन्न राउण्डमा उतारिएकोमा अन्तिम ५ जनालाई नायक अमर सुवेदीले ‘फरक क्षमता भएका महिलालाई समाजको मूलधारमा ल्याई सशक्तिकरणका लागि के गर्नुपर्छ’ भन्ने प्रश्न सोधेका थिए । आकर्ष गाउनमा स्टेज उतारिएका उनीहरुले लिखित जवाफ दिएका हुन् । रोजिना केसी र निभिना तामाङ अन्तिम ५ भित्रै समेटिए ।

उपाधि विजेताले न्यू ग्यालेक्सीमा कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति तथा फस्ट र सेकेण्ड रनरअपले ७५ प्रतिशत छात्रवृत्तिमा अध्ययनको मौका पाएका छन् । यस्तै बाँकी प्रतिष्पर्धीलाई २५ प्रतिशत छात्रवृत्ति दिइने प्राचार्य डा. रामजी शर्माले घोषणा गरे । उनले अरुसँग भन्दा पनि आफैसँग प्रतिष्पर्धा गरेमा सफलता अवश्य मिल्ने बताए ।

कार्यक्रममा सुप्रिया गुरुङ, भूमेश्वरी पुन, नीशा गुरुङले नृत्य प्रस्तुत गरे भने सहभागी प्रतिष्पर्धीहरु आमासहित क्याटवाकमा देखिँदा कार्यक्रम रोमाञ्चक बनेेको थियो । प्रतिष्पर्धीले सामूहिक नृत्यसमेत देखाएका थिए । विजेताले विभिन्न गिफ्ट हृयाम्परसमेत पाए भने सहयोगीलाई मायाको चिनो दिइयो ।

द लुक्स फेसन होम्स्का प्रबन्ध निर्देशक रवीन्द्र बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ज्ञानुबाबा बोर्डिङका सहायक प्रिन्सिपल बाबुराम सुवेदीले गरेका थिए । रानीपौवास्थित रञ्जित इभेन्ट म्यानेज्मेन्ट सेन्टरमा भएको प्रतियोगिताको कोरियाग्राफी सुरक्षा गुरुङले गरेकी हुन् । त्यसअघि प्रतियोगीलाई विभिन्न खालका तालिममा सहभागी गर्राई शनिबार ग्राण्ड फिनालेमा उतारिएको हो ।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width