पोखरा, २६ जेठ । पोखरामा जारी बहृत सफाइ अभियान शनिबार महेन्द्रपुलदेखि चिप्लेढुंगाहुँदै सिर्द्धार्थचोकमा पुगेर सम्पन्न भएको छ ।
‘हप्तामा एक घण्टा : राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ १०६ हप्ताको सो अभियानमा झण्डै ५ टन फोहरमैला संकलन भएको महेन्द्रपुल महिला जागरण समूह अध्यक्ष उर्मिला कायस्थले बताइन् ।
कार्यक्रममा कास्की प्रहरी प्रमुख ओमबहादुर रानालाई अभियानका तर्फाट वडा ९ अध्यक्ष रामराज लामिछाने र अभियन्ता अञ्जु क्षेत्रीले स्वागत गरे ।
यसैबीच, अभियान संयोजक रामबहादुर पौडेलले वडा ४, ८ र ९ का वडाध्यक्षहरु क्रमशः शंकर बास्तोला, रुद्रनाथ बराल र रामराज लामिछानेलाई पोखराको मुख्य व्यापारिक केन्द्र महेन्द्रपुल, चिप्लेढुंगा र सिर्द्धार्थचोकको फोहेरमैला व्यवस्थापन एवं सरसफाइलाई उच्च प्राथमिकतामा राख्नेछु । महेन्द्रपुलदेखि वीपीचोकसम्म असरल्ल रुपमा थुपारिँदैआएको दुर्गन्धित फोहरमैला बिसर्जन गर्ने शैलीलाई हप्ताभित्र देखिने गरी सुधार गर्नेछु । यस क्षेत्रमा सडक व्यापार निरुत्साहित गर्नेछु तथा सडकपेटीमा जीवनयापान गर्ने असहाय वर्गको उचित व्यवस्थापनका लागि पहल गर्नेछुु भन्ने व्यहोराको प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएका थिए ।
यसअघि उपस्थितलाई वडा ४ अध्यक्ष शंकर बास्तोलाले सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए ।
यसपटकको अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, अभियान महिला समूह, माछापुच्छे्र महिला क्लब, ड्यामसाइड टोल विकास संस्था, खहरे आमा समूह, मितेरी नारी समूह, महेन्द्रपुल महिला जागरण समूह, शान्तिनगर दिदीबहिनी समूह, सिर्द्धार्थ क्लब, योग समूह, सामाजिक अभियन्तालगायत जनप्रतिनिधि एवं स्थानीय संघसंस्थाको ऐक्यबद्धता रहेको वडासचिव लोकदर्शन कोइरालाले जानकारी दिए ।
कार्यक्रममा वडा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले धन्यवाद ज्ञापन गरेका थिए । १०७ हप्ताको अभियान रानीपौवाचोकदेखि हस्पिटल चोकसम्म हुनेछ ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९