पोखरा, २६ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा ११, भानुमार्ग टोल विकास संस्था -क) ले निर्माण गरेको पिच बाटो उद्घाटन गरिएको छ ।
वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले शनिबार उद्घाटन गर्दै बाटो निर्माणसँगै त्यसको संरक्षण गर्नु पनि टोलको दायित्व रहेको बताए ।
आदिकवि भानुभक्तको शालिकदेखि पूर्वहुँदै भास्कर स्कूलसम्म करिब ५ सय ६० मिटर लम्बाइको बाटो वडा कार्यालयको सहयोग र उपभोक्ताबाट करिब २७ लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको हो ।
टोल विकास संस्था अध्यक्ष राजेन्द्रबहादुर भट्टर्राईको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य जंगबहादुर हमाल ठकुरी, पूर्व वडाध्यक्ष निर्मलप्रसाद कर्माचार्य, भानुभक्त -क) आमा समूह अध्यक्ष मिठु गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष नरकाजी गुरुङले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा उपभोक्ता समिति सचिव दामोदर आचार्यले स्वागत र सचिव सूर्यमोहन ढकाले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९