तारकाङ-पोखरा सर्म्पर्क समाज अध्यक्षमा सापकोटा

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७५
tarkang news pic

पोखरा, २६ जेठ । तारकाङ पोखरा सर्म्पर्क समाजको अध्यक्षमा बलराम सापकोटा चयन भएका छन् । समाजको पोखरामा शनिबार सम्पन्न पाँचौ अधिवेशनले सापकोटाको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समिति उपाध्यक्षमा गौरी सापकोटा, सचिवमा नेत्र तिमिल्सिना, सहसचिवमा शरदराज सापकोटा र कोषाध्यक्षमा घननाथ सापकोट चयन भए । सदस्य भीमप्रसाद पौडेल, गजेन्द्र सापकोटा, महदेव सापकोटा, विष्णुहरि पोखरेल, कमलराज सापकोटा र मीना सापकोटा छन् ।

प्रमुख अतिथि ९२ वर्षीया दुर्गादेवी सापकोटाले कार्यक्रम उद्घाटन गरेकी थिइन् ।

समाजका अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य वृहस्पति सापकोटा, मादी गाउँपालिका वडा ४ अध्यक्ष सत्यराज सापकोटा, संस्थापक अध्यक्ष चन्द्रप्रसाद सापकोटा लगायतले बोलेका थिए ।

कार्यक्रममा स्वागत कोषाध्यक्ष दिलबहादुर भुजेल र संचालन सहसचिव नेत्र तिमिल्सिनाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • दाईजो स्वरूप गाउँ नै दिने प्रथा

    रासस कार्तिक १९, २०८१
    इनरुवा । राई मधेस क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने…
  • पोखरामा भाइटीका महोत्सव

    आदर्श समाज सम्वाददाता कार्तिक १८, २०८१
    पोखरा । पोखरा घुम्न आएका विदेशी पर्यटकले नेपाली दिदीबहिनीसँग भाइटीका लगाएका छन् । होटल संघ पोखरा आयोजनामा आइतबार १७ औं…
  • आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

    रासस कार्तिक १८, २०८१
    काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य…
  • लोप हुँदै मखमली फूल’

    रासस कार्तिक १८, २०८१
    म्याग्दी । जिल्लाका ग्रामीण क्षेत्रमा पनि मखमली फूल लोप हुन थालेपछि तिहारमा मालाको अभाव देखिएको छ । भाइटीकामा दिदीबहिनीले दीर्घायुको…
  • तिहारलाई लक्षित गरी एक लाखको फूल बिक्री

    रासस कार्तिक १८, २०८१
    दमौली । जिल्लाको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाखको सयपत्री फूल बिक्री गरेका छन् । यसै…

hero news full width