पोखरा, २६ जेठ । मेडिकल ल्यावोरेटरी एशोसिएसन अफ नेपाल (मेलान)को १३ औ स्थापना दिवस अवसरमा पोखरामा शनिवार रक्तदान गरिएको छ ।
मेलान प्रदेश ४ ले महेन्द्रपुलमा आयोजना गरेको कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तदान गर्नेमा महिलाको संख्यामा अधिक रहेको थियो ।
रक्तदान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले मेलानले सामाजिक कार्यबाट मानवीय जीवनमा सन्तुष्टि मिल्ने बताइन् ।
उनले आउँदो दशै तिहारसम्ममा प्रदेश ४ लाई फूलमा आत्मनिर्भर बनाउने र कृषकलाई उत्साहित बनाउने उल्लेख गरिन् । उनले मेलानका समस्या समाधान गर्न सहयोग गर्ने बताइन् ।
कार्यक्रममा मेलानका केन्द्रीय सल्लाहकार राजेन्द्र रानाभाट, केन्द्रीय सदस्य रवीन्द्र बस्ताकोटी, औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष रामबहादुर केसी, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा-१२ का सभापति सूर्य आचार्य, मार्गदर्शन एकेडेमीका सञ्चालक पुरन श्रेष्ठ, रिजनल कलेज अफ हेल्थ साइन्स टोक्नोलोजीका निर्देशक चन्द्रकान्त पौडेल, नेपाल स्वास्थ्य प्राविधिक संघ कास्कीका अध्यक्ष वसन्तराज भट्टर्राई र रक्तदाता दीपेन्द्रमान शाक्यले बोलेका थिए । कार्यक्रमलाई मार्गदर्शन एकेडेमीले सहयोग पुर्याएको थियो ।
मेलान प्रदेश ४ अध्यक्ष सूर्य पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक अर्जुन ज्ञवालीले स्वागत र सचिव नारायणबाबु अर्यालले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९