पोखरा, २६ जेठ। पोखरा लेखनाथ महानगरपालिका वडा-८ को बाल मञ्चले शनिबार ‘बालमैत्री स्थानीय शासन एवं नेतृत्वसीप’ विषयक अभिमुखीकरण तालिम गरेको छ।
वडालाई बालमैत्री वडा निर्माण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको मञ्चकी अध्यक्ष सोनिका बरालले जनाइन्। उनले वडा ८ भित्र रहेको बालबालिकाहरुलाई लक्षित गरी तालिमको आयोजना गरेको बताइन्।
बालअधिकारकर्मी कुञ्जनी प्यासी परियारले ‘बालमैत्री स्थानीय शासन’ र पत्रकार सुष्मा पौडेलले ‘बाल नेतृत्वसीप’ विषयमा सहजीकरण गरेका थिए। तालिममा करिव ४४ जना बालबालिकाको सहभागिता थियो।
प्रमुख अतिथि वडाध्यक्ष रुद्रनाथ बरालले तालिमको उद्घाटन गर्दै महानगरको वडालाई बालमैत्री वडा बनाउने उद्घोष गरे। वडालाई बालमैत्री बनाउन स्थानीय जनप्रतिनिधि सचेत रहने प्रतिबद्धता जनाए।
बरालले आगामी दिनमा वडाभित्र बालमैत्री शासन अवलम्बन गरिने उल्लेख गरे। वडाको प्रत्येक घरको अभिभावक तथा विद्यालयको शिक्षकले बालमैत्री व्यवहार अपनाउनुपर्नेमा जोड दिए।
नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले बालबालिकालाई स्थानीय लगायत प्रदेश र संघीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए। बालबालिकाको सवाङ्गीण विकासका लागि बालमैत्री शासन अपनाउनुपर्ने उनको जोड थियो।
तालिम संयोजक आरोग्यमोहन काफ्लेले बाल मञ्चले इमान्दारिता, पारदर्शीता, जवाफदेहीता र समावेशीतालाई मूलमन्त्र मानेको बताए। उनले वडाले बालबालिकासम्बन्धी अनुमोदन गरेको योजनालाई बाल मञ्चले कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाए।
बाल मञ्चकी अध्यक्ष सोनिका बरालको अध्यक्षतामा भएको कार्यक्रममा तालिम संयोजक आरोग्यमोहन काफ्ले स्वागत तथा सचिव सार्थक घिमिरेले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
निस्सा वितरण
गाईजात्रा नाच प्रदर्शन
परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान
उदय र आशलाई कञ्चन पत्रकारिता पुरस्कार’
ब्रह्माकुमारीमा रक्षाबन्धन एवं स्नेह मिलन
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९