नवलपरासी, २३ जेठ । जति बेला भारतीय अतिक्रमित भूमि सुस्तालाई नेपाली भूमिसँग सोझै जोड्ने गरी नारायणी नदीमा झोलुङ्गे पुल निर्माणको लागि ठेक्का लाग्यो त्यति बेला सुस्ताका बासिन्दामा खुशीको सीमा थिएन । लाग्थ्यो उनीहरुलाई एउटा युद्ध जितेका छौं । तर, खुसीको सपना विपनामा परिणत हुने दिन नजिकिं’दासम्म पनि पुल निर्माणको काम कत्ति पनि अगाडि बढ्न नसकेपछि सुस्ताका बासिन्दाको सपनामा तुषारोपात लागेको छ ।
नेपाल सरकारसँग सधैँ माग गर्दै आउने उनीहरुको मागमध्येको प्रमुख भारतले अतिक्रमण गरेको भूमि फिर्ता पाउनु पर्ने पहिलो नम्बरमा हुने गर्दथ्यो भने दोस्रो नम्बरमा नारायणी नदीमा पुल निर्माण पर्ने गर्दथ्यो । उनीहरुले सके पक्की पुल त नसके झोलुङ्गे पुल भए पनि निर्माण गरिदिनु पर्ने माग गर्दथे ।
सुस्ताबाट नेपालका अन्य भूभाग आउन नारायणी नदीमा डुंगा नै तर्नुपर्ने बाध्यता कि त भारतबाट आउनु पर्ने बाध्यता रहेका सुस्ताबासीलाई वर्षाको समयमा भारतले सीमामा कडाइ गरिदिने र नारायणी नदीमा पानीको सहत बढ्दा डुंगा चलाउन पनि समस्या भएर आवतजावतमै समस्या हुने गर्दछ । जसले गर्दा पनि उनीहरुले नेपाली बजारमा र नेपालको अन्य भूभागसँग सहजै जोडिनका लागि नारायणी नदीमा पुल निर्माणको माग गरेका हुन् ।
सरकारले पक्की पुल निर्माण नगरे पनि झोलुङ्गे पुल निर्माण गरिदिने भएपछि उनहरु निकै खुशी थिए ।सरकारले ठेक्का लगाए अनुसारको काम अगाडि बढेको भए र सम्झौतामा तोकिएको मिति अनुसार काम सम्पन्न भए उनीहरुले यही असोजसम्ममा झोलुङ्गे पुलबाट यात्रा गर्न पाउथे ।
नारायणीमा पुल निर्माण भए सुस्ताबासीलाई आवातजावतमा सहज हुने मात्र नभई सुस्ताको सुस्ता क्षेत्र आर्थिक रुपमा पनि समृद्ध हुदै जाने सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको भनाइ छ ।
तर, सरकारले ठेक्का लगाएको ३ वर्ष बितिसक्यो, पुल निर्माण अवधिको सम्झौता समय पनि सकिन अब साढे ४ महिना मात्र बाँंकी छ तर निर्माणको काम अझै शुरुसम्म हुन सकेको छैन ।
निर्माणको लागि ठेक्का पाएको निर्माण कम्पनीले ठेक्का पाउना साथ केही निर्माण सामग्री ल्याएर छोडेको भए पनि त्यसपछि उक्त कम्पनीका सञ्चालक सर्म्पर्कमा नरहेको र फरारकै अवस्थामा रहेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
अध्यक्ष पाण्डेका अनुसार पछिल्लो समय कम्पनिको सम्बन्धित व्यक्तिसँग एकपटक फोन सर्म्पर्क भएर थपिएको समयमा काम सक्ने बताएको भए पनि काम भने अगाडि बढ्न सकेको छैन ।
पश्चिम नवलपरासीको पक्लिहवाबाट सुस्ता गाउँपालिकाको सुस्ता जोड्ने गरी झोलुङ्गे पुल निर्माणको लागि केभी एण्डे पशुपति कन्सट्रक्सन कम्पनीले जिम्मा लिएको हो । अहिले उक्त पुल बनाउने जिम्मा त्रिशुली एण्ड साहारा जे भीले लिएको छ ।
साहारा जेभीले २०७६ असोजसम्म सक्ने गरी उक्त कामको जिम्मा लिएको हो । कम्पनी सञ्चालकसँग फोन सर्म्पर्क भएको र तत्काल काम शुरु गर्ने प्रतिबद्धता जनाएको सुस्ताका अध्यक्ष पाण्डेले बताए ।
कम्पनीले निर्माण सम्झौता गरेलगत्तै केही निर्माण सामग्री फलामे रड, फलामे पाता, जेनेरेटर, जेसिभी, फलामका जाली लगायत सामग्री छाडेर गएको छ भने बेलाबेलामा प्राविधिक आएर डि्रलिङ गरी जमिन मुनिको सतहको अवस्था परीक्षण गर्ने गरेका छन् तथापि देखिने ढंगले काम भने अगाडि बढाएको छैन ।
सुस्तामा २२ करोड ८० लाखको लागतमा पुल निर्माणका लागि उसले ठेक्का लिएको थियो । तर उनले ठेक्का लिएको ३ वर्ष बित्तिसक्दा पनि अझै पुल निर्माणको काम अगाडिसम्म बढ्न सकेको छैन । कम्पनीले नजिकै कार्यालय खोलेर पुल निर्माणको लागि चाहिने आवश्यक उपकरण र ५ जना कर्मचारी तैनाथी अवस्थामा राखेको भएपनि काम भने अगाडि बढाएको छैन ।
यो पुल निर्माण भए सम्भवतः नेपालकै दोस्रो लामो झोलुङ्गे पुल हुने गरी १ हजार ५ सय ७१ मिटर लम्बाइ र १ दशमबल ७ मिटर चौडाइको हुनेछ ।
सरकारले कुनै पनि कामको सम्झौता गरेर काम नगर्ने, बेलैमा काम नसक्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न थालेको भए पनि यतातिर भने सरकारको ध्यान पुग्न नसकेको सुस्ताबासीको गुनासो छ ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९