नमूना बन्यो वडा १३

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७५

पोखरा, २३ जेठ। पोखरा लेखनाथ महानगरपालिका वडा १३ ले वर्षभरी गरेको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। स्थानीय तहको निर्वाचन सम्पन्न भएको १ वर्षपछि वडाले गरेको कार्य प्रगतिलाई बुधबार पत्रकार सम्मेलनबीच सार्वजनिक गरिएको हो।

महानगरका ३३ वडामध्ये कार्य प्रगति विवरण सार्वजनिक गर्नेमा वडा १३ पहिलो बनेको छ। वडाले महानगरस्तरीय ८ करोड र वडास्तरीय १ करोड ३७ लाख खर्च गरेको जनाएको छ।

वडामा जनप्रतिनिधि आइसकेपछि वडालाई अपाङ्गमैत्री र वृद्धवृद्धामैत्री बनाएको वडाध्यक्ष दर्शन लामाले दावी गरेका छन्। लामाका अनुसार वडालाई आधुनिक र प्रविधिमैत्री, जनमैत्री र वातावरणमैत्री बनाइएको छ। हालसम्म, ‘बत्तीमुनीको अध्याँरो’का रुपमा रहेको वडाको रानीटोल र तिलाहारको करिब १४ घरघुरीमा विद्युत् लाइन विस्तार गरी बत्ती बलेको छ।

वडाभित्रको ३८ किलोमिटर मूलबाटो र १०.६५ किमी शाखा तथा भित्री बाटो गरी ४८. ६५ किमी कच्ची बाटोमध्ये ६ किमी सडक कालोपत्रे गरिएको छ। ७ किलोमिटर बाटो स्तरोन्नति र वडाभित्रको जय गंगा ç शान्तिमार्गलाई वातावरणमैत्री नमूना सडकको रुपमा विकास गरिएको छ। वडाले महानगरको नियमावलीभित्र समावेश गरी ६ वटा निजी विद्यालयमा ५३ र सामुदायिक विद्यालयको आधारभूतदेखि मावि तहसम्मका २ सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ। स्वास्थ्यतर्फ वडाले वर्षभरी महिलाको स्तन तथा पाठेघरको क्यान्सर, हेपाटाइटिस बी, नशा तथा हाडजोर्र्नी, थाइराइड तथा बालरोगसम्बन्धी ३ पटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको कार्य प्रगति विवरणमा उल्लेख छ।

वडाभित्रै महालक्ष्मी दालमोठ उद्योगको स्थापना गरी हालसम्म २० जना महिलालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको वडाध्यक्ष लामाले जानकारी दिए। कृषितर्फ करिब ६० जना कृषकलाई बीउ-बिजन वितरण गरिएको उनले जनाए।

हरित व्यवसायलाई वडाले प्रोत्साहन गर्ने वडाध्यक्ष लामाले जनाए। उनका अनुसार २०७५/०७६ मा विशेषगरी कृषक प्रोत्साहन गर्न १ सय घरलाई टनेल निर्माणका लागि आर्थिक सहयोग गर्ने र स्वरोजगारतर्फ आकर्षण बढाउने वडाको योजना छ।

वडाको विजयपुर, डिही गाउँ, पोखरी गाउँ, आर्वामा रहेको बाँझो जमिनमा सूर्यमुखी फूलको व्यावसायिक खेतीतर्फ आकर्षण बढाउन कृषकलाई प्रोत्साहन स्वरुप बीउँ, बाँझो जमिनमा वडाको व्यवस्थापनमा खेतजोतको व्यवस्थापन र सनÇलावरको भेजिटेवल तेल उद्योग सञ्चालन गर्ने वडाको तत्कालीन लक्ष्य रहेको छ।

वडाभित्र अबको १ वर्षमा कृषि उपज संकलन केन्द्र तथा बिक्री बजार निर्माण र व्यवस्थापन गर्ने योजना छ। एक वर्षभित्र ६ किलोमिटर बाटो पक्की तथा १७ किमी सडकको नाला व्यवस्थापन र ग्राबेल गरी स्तरोन्नति गर्ने वडाको तत्कालीन योजना रहको लामाले बताए।

लामाका अनुसार वडाभित्रका सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म एकै किसिमको पाठ्यक्रम लागू गर्ने वडाको तत्कालीन लक्ष्य रहेको छ। वडास्तरीय शिक्षा समितिमार्फत सबै सामुदायिक विद्यालयमा एउटै प्रश्नपत्र तयार गर्ने र बालमैत्री वडा बनाउने लामाले बताए।

भद्रकाली मन्दिर पुनःनिर्माण तथा कमलपोखरी ताललाई ३ वर्षभित्र जलपार्कको रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य छ। वडाको सँस्कृति तथा पहिचान झल्कने गरी सांस्कृतिक संग्रहालय निर्माण गरिनुका साथै आर्वा विजयपुरको अमित गुम्बा र मियाँपाटनस्थित जामे अक्सा मस्जिदलाई व्यवस्थित तथा संरक्षण गरिने दीर्घकालीन कार्य योजना रहेको जनाइएको छ।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width