पोखरा, २३ जेठ। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आयोजना गरेको तेस्रो टिभिएस पोखरा स्पोर्टस् अवार्डमा वर्षको उत्कृष्ट महिला खेलकुद अवार्ड जितेकी विमला नेपालीलाई पश्चिमाञ्चल माविले सम्मान गरेको छ।
पश्चिमाञ्चलबाट मानविकी संकाय अन्तर्गत कक्षा १२ को परीक्षा दिएकी नेपालीले खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विद्यालयले बुधबार सम्मान गरेको हो।
खेल क्षेत्रबाट विद्यालयको नाम राख्न सफल भएको भन्दै पश्चिमाञ्चलले बिमलालाई सम्मान गरेको हो। विमला सोतोकान कराँतेकी खेलाडी हुन्। उनले स्वदेशभित्र र बाहिर खेलेका विभिन्न प्रतियोगिताबाट स्वर्ण्र्ाापदक हात पारिसकेकी छन्।
सम्मान कार्यक्रममा पश्चिमाञ्चल फाउन्डेसनका पूर्व अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले खेल क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नाम राख्न सफल भएकोमा खुशी व्यक्त गरे। खेल क्षेत्रबाटै पनि देशलाई योगदान दिन सकिने उनले बताए। पश्चिमाञ्चल फाउन्डेसनले सञ्चालन गरेको लेकसिटी कलेज एण्ड रिर्र्सच सेन्टरमा स्नातक तहमा अध्ययन गर्नका लागि बिमलालाई सतप्रतिशत छात्रवृत्ति दिइने पराजुलीले घोषणा गरेका थिए।
विद्यालयका प्राचार्य ताराबहादुर घिमिरेले बिमलाले सिंगो मुलुकको नाम राख्न सकेको बताए। उनले अगामी दिनका पनि बिमलाले देशका लागि नाम उच्च राख्न थप मेहनत गर्न शुभकामना दिए। सम्मानित बिमलाले परिवारको सहयोग र सबैको साथले यो तहसम्म पुग्न सकेको बताइन्। विद्यालयका को-अर्डिटेनर यादव गिरीले खेलकुद क्षेत्रबाट छिटोगरि पहिचान कमाउन सकिने बताए।
Related News
सम्बन्धित समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९