पोखरा, २३ जेठ। प्रदेश ४ मा साहित्य, संगीत तथा नाट्य र ललितकलास“ग सम्बन्धित प्रज्ञा प्रतिष्ठान स्थापनाको माग गर्दै प्रदेशका मन्त्रीसमक्ष मागपत्र पेस बुझाइएको छ ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ प्रदेश ४ संयोजक मनकुमार श्रेष्ठ र प्रज्ञा प्रतिष्ठान गठन पहल समितिका संयोजक पद्मराज ढकालको नेतृत्वमा गएको टोलीले मागपत्र बुझाएको हो।
सो क्रममा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले प्रदेशमा छिट्टै प्रज्ञा प्रतिष्ठान स्थापन हुने आश्वासन दिए ।
मागपत्र पेश गर्दा वाषिर्क अनुमानित खर्च २ करोड ११ लाख रुपैयाँ बराबरको विवरण पनि संलग्न गरिएको छ। स्रष्टाले केन्द्रमा जस्तै प्रदेशमा पनि तीनवटै प्रज्ञा प्रतिष्ठान स्थापना हुनुपर्ने माग राखे पनि हाल सबै पक्षलाई समेटेर एक प्रज्ञा प्रतिष्ठानको स्थापना गरिने बताइएको छ ।
यस्तै, नीति-नियम बनाएर छिट्टै यस कार्यको थालनी गर्ने सोच प्रदेश सरकारको कार्य योजनामा रहेको सो अवसरमा जानकारी दिइयो ।
मागपत्र बुझाउन जाने टोलीमा साहित्यकार नारायण परिश्रमी, लोक तथा दोहोरी गायक प्रजापति पराजुली, नृत्य निर्देशक मेनकाजी गुरुङ, कलाकार बुद्धी गुरुङ, संगीतकार नवराज बराल, लोक तथा दोहोरी गायक जीवन दाहाल, साहित्यकार लक्ष्मण गौतम ‘हिमाली’, गायक खिम गुरुङ प्हाय“ आली, कलाकार विवेक त्रिपाठी लगायत सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९