खैरेनीटार, २३ जेठ। अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था यो· लिभि· फाउण्डेसनले तनहुँका विभिन्न विद्यालय, आमा समूह, सहकारी लगायत सामाजिक संघ-संस्थालाई भौतिक निर्माणमा करिब १० करोड आर्थिक सहयोग गर्ने जनाएको छ ।
प्रदेशसभा सदस्य आशा कोइरालाले आफू महिला तथा बालबालिका मन्त्री हुँदा फाउण्डेसनलाई गरेको अनुरोधले साकार रुप लिन लागेको बताउँदै उद्देश्यअनुरुप कार्यलाई समयमा नै सम्पन्न गर्न सुझाव दिइन् ।
उनले योजना तनहुँमा ल्याउनको लागि सहयोग गर्ने सुवास सिं र दिनेश गौतमको योगदानलाई पनि बिर्सन नहुने बताइन् ।
फाउण्डेसनका कार्यकारी निर्देशक ग्रेग लार्सेनले जिल्लाका शुक्लागण्डकीस्थित नवज्योति सामुदायिक आमा समूह, खैरेनीटार महिला विकास सहकारी संस्था, गाउँ फकोर्दय मावि शुक्लागण्डकी, सरस्वती नमूना मावि, जनकल्याण मावि, बेलचौतारा, पञ्चमूनिदेव मावि, आधारभूत मावि, छब्दी मावि, शुक्ला आधारभूत विद्यालय, तालवेशी माविलाई भौतिक निर्माणमा सहयोग गर्ने बताए ।
यस्तै, खैरेनी मावि, मस्र्या·दी सामुदायिक आधारभूत विद्यामन्दिर, आँबुखैरेनी गाउँपालिका-१, समस्तीपुर, चन्द्रोदय आधारभूत विद्यालय, बन्दीपुर गाउँपालिका-५, याम्पा, मित्रता मावि, आँबुखैरेनी, पवित्रा माध्यमिक विद्यालय, बन्दीपुर, महेन्द्र मावि, म्याग्दे र राधा मावि, म्याग्दे लगायत १७ वटाको भौतिक निर्माणमा सहयोग गरिनेछ ।
ग्रेग लार्सेनले डीगेरी यो· संस्थापक रहेको आफ्नो संस्था यो· लिभि· फाउण्डेसनले नेपालमा भूकम्प गएपछि नेपालको सामाजिक क्षेत्रमा कार्य गर्दै आएको र दोलखाको मैना पोखरीमा फामस नामक गैह्र सरकारी संस्थासँग सहकार्य गरि ९९ वटा घर निर्माण गरि भूकम्प प्रभावितलाई बुझाइसकेको जनाए।
सो अनुभव आधारमा पूर्व महिला तथा बालबालिका मन्त्री समेत रहेकी प्रदेश सदस्य कोइरालाको अनुरोध तथा पहलमा सहयोग गर्न आएको पत्रकार सम्मेलनमा जनाइयो ।
ग्रेग लार्सेनले यो· लिभि· इसेन्सियल वेल र संसार भरि रहेका आफ्ना सदस्य मार्फत रकम संकलन गरेको र सडकबाट नजिक तथा अति आवश्यक विद्यालयबाट करिब २ महिनामा कामको थालनी गरि २ वर्षभित्र योजना सम्पन्न गर्ने जनाए।यो· लिभि· फाउण्डेसनका कन्टि्र डाइरेक्टर सुवास सिंले फाउण्डेसनको फिल्ड को-अर्डिनेटर रोजिना सिजापति रहेको तथा योजना कार्यान्वयनमा ल्याउन दिनेश गौतमले सहजकर्ताको काम गरिरहेको बताए ।
विभिन्न विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी लगायतको उपस्थिति रहेको कार्यक्रममा पत्रकार कमलमोहन घिमिरे, राजन उपाध्याय, राजकुमार आले लगायतले जिज्ञासा राखेका थिए।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९