हेमजा, २३ जेठ। नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा पोखरामा क्रियाशील पत्रकारका लागि दिइएको प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम बुधवार सकिएको छ।
तालिम समापनमा बोल्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पत्रकार महासंघ कास्कीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। उनले पत्रकारिता क्षेत्र व्यावसायिक बन्नुपर्ने तर्क गर्दै पोखरामा खोजी पत्रकारिताको आवश्यकता पनि औँल्याए।
जिसीले सार्वजनिक सम्पति खरिद ऐन तथा स्थानीय सरकार सञ्चालन कार्यविधिबारे जनता अझै पनि अनभिज्ञ रहेको चर्चा गर्दै त्यसतर्फ सचेत गराउन पत्रकारले भूमिका खेलिदिन आग्रह पनि गरे।तालिममा पुरानादेखि अनुज सबैखाले पत्रकार सहभागी भएको भन्दै उनले खुशी समेत प्रकट गरेका थिए।
पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सिकेको सीप प्रयोग गर्न सुझाव दिए । उनले पत्रकारले समाजको वास्तविक वस्तुस्थिति उठान गर्न सक्नुपर्नेमा जोड दिए।प्रशिक्षक पहार ट्रस नेपालका प्रमुख कार्यकारी अधिकृत छवि गौडेलले सिकाइ निरन्तर चल्ने प्रक्रिया भएको भन्दै तालिमबाट सिकेको सीप व्यवहारत प्रयोगमा ल्याउन सुझाव दिए।
प्रशिक्षार्थीको तर्फबाट खीमा गुरुङ, भीमपाणी बराल र श्रीभद्र पौडेलले आ-आफ्ना अनुभव सुनाएका थिए। उनीहरुले पत्रकार महासंघ कास्कीले घोषणा गरेको तालिम वर्ष-२०७५ लाई सफल बनाई कास्कीमा क्रियाशील पत्रकारको क्षमता र दक्षता वृद्घि गर्नुपर्ने आवश्यकता औँल्याए।पोखरा लेखनाथ महानगरपालिकाको सहकार्यमा भएको सो तालिम २ दिनसम्म चलेको थियो ।
महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रम महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिनाले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९