पोखरा, २२ जेठ । राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालको जैविक विविधता संरक्षण तथा दीगो विकास लक्ष्य विषयमा प्रदेशस्तरीय सम्मेलन पोखरामा सम्पन्न भएको छ।
वातावरण दिवस अवसरमा भएको सम्मेलनले पोखरा घोषणापत्र जारी गर्दै जैविक विविधता र वातावरण संरक्षण तथा निर्दिष्ट लक्ष्य हासिल गर्न स्थानीयस्तरमा युवाको भूमिका महत्वपूर्ण हुने जनाएको छ।
प्रमुख अतिथि उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले युवाको सफलता भन्नु नै स्वयं आफैभित्र रहेको बताए। उनले कुनै पनि लक्ष्य हासिल गर्नका लागि युवा जोश, जाँगर आवश्यक रहेको औल्याए। उनले प्रदेश ४ मा पर्यटनको प्रचूर सम्भावना रहेको उल्लेख गर्दै समग्र प्रदेशको समृद्धि र विकासका युवालाई सही परिचालन गर्दै योजनावद्ध रुपमा अघि बढ्नुपर्नेमा जोड दिए। मन्त्री लम्सालले वातावरणमैत्री विकासमा जोड दिँदै दीगो विकासका लागि प्रदेशले सोही अनुरुप नीति नियम र कानुन बनाउन लागिपरेको जानकारी दिए।
प्रदेश सदस्य मीना गुरुङले वातावरण संरक्षणमा युवावर्गको भूमिका महत्वपूर्ण भएको बताइन्। उनले सकारात्मक विकासमा जोड दिँदै आगामी दिनमा आफ्नो तर्फबाट युवापंक्तिलाई कसरी सहयोग गर्न सकिन्छ सो गर्न तयार रहेको बताइन्।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा प्रभू बुढाथोकीले युवाको परिभाषा जेसुकै भनिए पनि ‘जीवन्त जीवन नै युवा हो’ भने। उनले प्रत्येक युवा जोश र जाँगर साथ अघि बढ्नुपर्ने बताए।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विचारमा नवीनता र जगतलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्नेमा जोड दिए। मुलुकमा तीव्ररुपमा राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै तीनै तहका सरकारले कार्यक्रम, योजना तथा बजेट बनाउँदा युवावर्गलाई विशेष ध्यान दिनुपर्ने बताए।
अर्थ मन्त्रालयका सहसचिव डा नारायणप्रसाद रेग्मीले दीगो विकास लक्ष्यबारे प्रकाश पार्दै स्थानीयस्तरमा युवाले खेल्नुपर्ने भूमिकाबारे प्रष्ट पारे। उनले यसबारे सचेतना दिँदै सानै कामलाई पनि प्राथमिकता दिनुपर्ने सुझाव दिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा बुढाथोकी, प्रदेश ४ उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा बुद्धिसागर पौडेल, लघुउद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यक्रम सहयोगी कार्यलयका प्रबन्धक केशव दवाडी लगायतले जैविक विविधता र दिगो विकास लक्ष्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
हरियो वन कार्यक्रमका पोखरास्थित फिल्ड को-अर्डिनेटर पूर्ण कुँवरले जैविक विविधतासँगै र जलवायु परिवर्तनले पारेको नकारात्मक परिवर्तनबारे जानकारी दिए। पछिल्लो समय मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको उल्लेख गर्दै वन तथा वन्यजन्तु क्षेत्रमा प्रशस्त काम भएको आंैल्याए।
आयोजक महासंघ अध्यक्ष कमल सुवेदीले वाषिर्क ५ लाख जनशक्ति श्रमबजारमा आउने र साढे ४ लाख विदेशीने बताए। उनले वातावरणमैत्री विकासमा जोड दिँदै कुल जनसंख्याको ४० प्रतिशत प्रतिनिधित्व गर्ने युवाको विकासमा सरकारले न्यून बजेट छुट्टाएकोमा असन्तुष्टि व्यक्त गरे।
महासंघका महासचिव दीपक कार्कीले युवाको क्षेत्रमा काम गर्ने ८ सय बढी विभिन्न गैरसरकारी संस्था महासंघको छातामुनि गोलबद्ध रहेको उल्लेख गर्दै हालसम्म महासंघ ६५ जिल्लामा विस्तार भएको बताए।
महासंघ सचिव शशि शर्मा मजगैंयाले युवा बिना समृद्धि र विकासको नारा सम्भव नहुने बताए।
सम्मेलनमा प्रदेश ४ बाट ११ जिल्लाबाट प्रतिनिधित्व हुने गरी करिब ८० जना युवाको सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
पोखरा १२ ले बनायो आफ्नै एप
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९