पोखरा, २२ जेठ। विश्व वातावरण दिवस अवसर पोखरा लेखनाथ महानगरपालिका वडा १२ स्थित सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा माटेपानी र सरस्वती आधारभूत विद्यालयले संयुक्त रुपमा वृक्षरोपण गरेका छन्।
विद्यालय परिसरमा आयोजित वृक्षरोपण कार्यक्रम पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरेका हुन्। त्यस अवसरमा विभिन्न प्रजातिका २५ वटा बिरुवा रोपियो ।
कार्यक्रममा वडाध्यक्ष रामबहादुर कार्की, प्रहरी निरीक्षक दीपक केसी, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मीना बिकले बोलेका थिए।
सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुद्रबहादुर रानाभाटले स्वागत र सामुदायिक केन्द्रकी सचिव नीरादेवी आचार्यले सञ्चालन गरेकी थिइन्।
उता, सामुदायिक बगरले सचेतना र्याली सहित वृक्षरोपण गरेको छ। वडा कार्यलयबाट निकालिएको सचेतना र्यालीका सहभागीले विभिन्न भाग परिक्रमा गरी गंगेश्वर मन्दिरमा पुगेर वृक्षरोपण गरेका हुन् ।
उक्त अवसरमा चाप, अम्बा, पुष्प र वकाइना लगायतका ४२ वटा बिरुवा रोपिएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगर अध्यक्ष जीवन अधिकारीले जानकारी दिइन्।वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका १ थान ल्यापटप हस्तान्तरण गरेका छन्।
वडाध्यक्ष शारदाकुमारी पराजुलीले समाजिक क्षेत्रमा यस केन्द्र सक्रिय हुँदैआएको बताइन्। कार्यक्रममा कार्यक्रम संयोजक कल्पना बास्तोला, सचिव रामभूषण पराजुलीले बोलेका थिए ।
त्यस्तै, सामुदायिक हेमजाले पनि वृक्षरोपण गरेको छ। गौरीशंकर मावि र ग्रामप्रकाश प्राविमा वृक्षरोपण गरेको सामुदायिक हेमजा अध्यक्ष विष्णु बास्तोलाले जानकारी दिइन्।
उक्त अवसरमा कपुर, निमपत्ता, धुपी, तेजपत्ता, खनायोगरी ५० वटा विरुपा रापिएको छ। वडाध्यक्ष शोभाकर तिमिल्सिनाले रोपेका बिरुवा जतना गर्नुपर्ने बताएको केन्द्र उपाध्यक्ष घनश्याम तिम्सिनाले बताए ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९