हेमजा, २२ जेठ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा पोखरामा क्रियाशील पत्रकारका लागि दुर्इदिने प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम मंगलवारदेखि शुरु भएको छ ।
पोखरा लेखनाथ महानगरपालिकाको सहकार्यमा भएको तालिम उद्घाटन गर्दै महानगर प्रमुख मानबहादुर जिसीले पत्रकारिता क्षेत्र व्यावसायिक बन्नुपर्नेमा जोड दिए । उनले कास्कीमा क्रियाशील पत्रकारको क्षमता तथा दक्षता वृद्घकिा लागि महानगर सहयोग गर्न तयार रहेको बताए । उनले पोखराका पत्रकार देशभरमै अब्वल बनेर निस्कनुपर्नेमा जोड पनि दिए ।पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले महासंघले यस वर्षलाई तालिम वर्ष बनाउन लागेको जानकारी दिँदै पोखरा लेखनाथ महानगरपालिकालाई मिडियामैत्री बनाउन पहल भइरहेको बताए ।
तालिमको पहिलो दिन पहार ट्रस नेपालका प्रमुख कार्यकारी अधिकृत छवि गौडेलले प्रस्तावना लेखनबारे सहजीकरण गरेका थिए । सहभागी पत्रकारले व्यक्तिगत रुपमा र विभिन्न तीन समूहमा प्रस्तावनाको नमूना तयार परेका थिए ।
महासंघ कास्कीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रम महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिनाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९