गुरुङ चलचित्र ‘मैरिमो’ प्रदर्शन तयारी

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७५
film lamjung

लमजुङ, २० जेठ। समाजमा सचेतना फैलाउने उद्देश्यले तयार गरीएको गुरुङ चलचित्र ‘मैरिमो’ -सम्झी रहेछु/मिस यु) को जिल्ला सदरमुकाम बेसीशहरमा प्रदर्शनको तयारी गरिएको छ। बेसीशहरस्थित अन्नपूर्ण चलचित्र मन्दिरमा जेठ २६ गते शनिबारका दिन उक्त फिल्म प्रदर्शनको तयारी गरिएको पत्रकार भेटघाटमार्फत आयोजकद्वारा जानकारी गराइएको छ।

‘गुरुङ फिल्मको इतिहासमा पहिलोपटक एकसाता लगातार आफ्नो प्रदर्शन गर्न सो गुरुङ चलचित्र ‘मैरिमो’ सफल रुप्ामन प्रदर्शन हँदै आएको सो चलचित्रका सह-निर्देशक एवं कलाकार गमन घलेले बताए। यसअघि चलचित्र ‘मैरिमो’को पोखरा, चितवन, काठमाडौं, मनाङ साथै अमेरिकामा ४ शो र बेलायतमा ३ शो प्रदर्शन भइसकेको छ,’ उनले भने।

चलचित्र ‘मैरिमो’ जेठको पहिलो साता दमौलीमा आयोजित दोस्रो गुरुङ चलचित्र महोत्सवमा विशेष प्रदर्शन गरिएको चलचित्रका सह-निर्देशक एवं कलाकार गमन घलेले जानकारी दिए। उनका अनुसार गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन गरिएको प्रयासलाई चलचित्रले मुख्य विषय बनाएको घलेले बताए। उनले भने ‘युवाहरु वैदेशिक रोजगारीमा जाँदा र गाउँका महिला, बालबालिकाको शिक्षादीक्षाको लागि सहर पस्दा ग्रामीण बस्ती पातालि“दै गएको र यसले गर्दा गाउँको समुदायिक विद्यालयमा विद्यार्थी घटेका घटनालाई फिल्मीक्षेत्रबाट उठाउने प्रयास गरेका छौं।’

मुनाल फिल्मस्को ब्यानरमा निर्मित ‘मैंरिमो’ ७० प्रतिशत गुरुङ भाषा प्रयोग गरिएको चलचित्र ‘मैरिमो’का कार्यकारी निर्मातामा बालकाशी गुरुङले बताए। उनका अनुसार लमजुङको क्व्होलासोंथर गाउँपालिका-२, मालिङको सैलुङ गाउँमा ९० प्रतिशत र पोखरामा १० प्रतिशत छायांकन गरिएको छ। उक्त चलचित्र ‘मैरिमो’ भोजबहादुर गुरुङको निर्देशनमा निर्माण भएको हो। चलचित्र ‘मैरिमो’का कलाकारहरुमा गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुवा गुरुङ (सोनु), गजेन्द्र गुरुङ, कूलबहादुर गुरुङ, इन्द्रसुबा गुरुङ, अमीर गुरुङ, कमल गुरुङ, बालकाशी गुरुङ, रोशन गुरुङ लगायत छन्।

केयरसिंह गुरुङको कथा, रोशन गुरुङको पटकथा र संवाद रहेको चलचित्र ‘मैरिमो’मा आश गुरुङ, अमिर गुरुङ र प्रेम गुरुङको गीत रहेको छ। त्यसको छायांकन तथा सम्पादन खिमबहादुर गुरुङले गरेका छन्। तेजेन्द्र गुरुङको संगीतमा मनोज गुरुङ, गोविन गुरुङ, तारा श्रीषमगर, पवित्र गुरुङ र सरुन गुरुङले स्वर दिएका छन्।

फिल्मका निर्माताहरुमा प्रेम गुरुङ र सपना गुरुङ छन्। फिल्ममा समावेश पत्रकार महासंघका जिल्ला अध्यक्ष समेत रहेका आश गुरुङद्वारा लिखित ‘ए ङोल्स्यो ‘ए ङोल्स्यो … ’ बोलको गीत गुरुङ समुदायमा मात्रै नभइकन अन्य समुदायमा पनि निकै लोकप्रिय छ। उक्त चलचित्र शनिबार बिहान ११ बजे र दिउँसो २ बजे गरी २ शो प्रदर्शन हुने ए।

लमजुङपछि हङकङमा जुन १७ तारिखका दिन फिल्म प्रदर्शन गर्ने तयारी गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ। सो पत्रकार सम्मेलनमा मैंरिमो चलचित्रका गायक मनोज गुरुङ, गीतकार एवं पत्रकार आश गुरुङ, गुरुङ चलचित्रका नायक खेमराज घले, गुरुङ फिल्मका शुभन्तिक बाला घले, नेपाल पत्रकार महासंघका प्रदेश समिति सदस्य कमला के.सी, निवर्तमान केन्द्रीय सदस्य किसान संगीत नेपाली लगायत संचारकर्मीको सहभागिता थियो।

Related News

सम्बन्धित समाचार

  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…

hero news full width