पोखरा, २० जेठ। एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका राष्ट्रिय कराँते टोलीका प्रशिक्षक र खेलाडीले सहारा एकेडेमी भ्रमण गरेका छन्।
उनीहरुलाई सहारा क्लब पोखराका अध्यक्ष थापा, एकेडेमी संयोजक विक्रम थकाली र सल्लाकार समिति सभापति वीरभद्र आचार्यले स्वागत गरेका थिए।
कराँते प्रशिक्षक दीपक श्रेष्ठले सहाराले खेलकुदका माध्यमबाट अनाथलाई आश्रय दिएर देशमै उदाहरणीय कार्य गरेकोमा प्रशंसा गरे।
नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमल्सिनाले दुर्इ दशकअघि स्थापना भएको सहारा खेलकुद र सामाजिक कामका लागि उदाहरणीय क्लब भएकाले अन्य क्लबले त्यसबाट प्रेरणा लिनुपर्ने बताए।
क्लब अध्यक्ष थापाले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरुले एकेडेमीको भ्रमण गर्दा एकेडेमीका खेलाडीको हौसला बढ्ने बताए। उनले एसियाडमा भाग लिने खेलाडीलाई क्लबतर्फबाट सफलताको कामना गरेका थिए।
सोही अवसरमा हङकङ सहारा क्लबका सहकोषाध्यक्ष नवराज -प्रवीण) गुरुङले एकेडेमीका खेलाडीका लागि फलफूल र चाउचाउ प्रदान गरेका थिए।
Related News
सम्बन्धित समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
hero news full width
मुख्य समाचार
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९