हेमजा, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई निकास दिन तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टीएकता गरिएको बताएका छन्। उनले अब एकतापछि पार्टीभत्र गुट र उपगुटको खेल तथा आफ्नो स्वार्थ पूरा गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिवार दाहालको जन्मगाउँ ढिकुरपोखरीमा भएको भेटघाट तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष दाहालले संगठन हिसाबले मात्रै ठूलो पार्टीबनाउन पार्टीएकता नगरिएको स्पष्ट पार्दै एकतासँग नेपाली जनताको समृद्घकिो स्वार्थ जोडिएको जनाए। उनले विगतमा भएका पार्टीएकताभन्दा यसपटकको एकता निकै पृथक रहेको चर्चा गर्दै अब देशले निकास पाउने दाबी पनि गरे।
पार्टीएकताअघि तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले नेपालको विगतको विकासको विश्लेषण गरेको जानकारी दिँदै दाहालले एकतालाई, एकता हुनु पूर्व भएका प्रदेश र संघको चुनावी परिणामले अनुमोदन गरेको पनि बताए। उनले भने, ‘दुर्इ पार्टीमा एकतापछि अब पार्टीभत्र गुट र उपगुटको खेल तथा आफ्नो स्वार्थ पूरा गर्ने छुट कसैलाई छैन ।’
कार्यक्रममा वक्ताले पार्टीएकताले नेपाली जनतामा आएको उत्साहको भावनालाई बुझेर सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए । नेकपाका स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी ‘प्यासी’ ले केन्द्रीय नेताका आँटले देशको मुहार फेरिएको चर्चा गर्दै पार्टीएकताले नेताहरुलाई थप जिम्मेवार बनाएको बताए ।
नेकपा केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री खगराज पौडेलले एकताले पार्टीमा शक्ति बढाएको बताउँदै आगामी चुनावमा कास्कीबाट नेकपाले सबै सिट जित्ने दाबी गरे।
पार्टीमा केन्द्रीय सदस्य राजकाजी गुरुङले पार्टीमाई अब कसैले पनि हेप्न नसक्ने औल्याउँदै आफूहरुले अध्यक्ष दाहालको सम्बन्धलाई कास्कीसँग सिधा जोड्न सफल भएको सुनाए।
नेकपाका नेता कृष्ण थापाले एमाले र माओवादीबीचको एकताले देशैभर खुशी छाएको औँल्याए।
अर्का नेता बखानसिंह गुरुङले सर्वहारा वर्गको आन्दोलनमा पार्टीएकताले महत्वपूर्ण भूमिका खेल्ने जनाए। कार्यक्रमबीच कास्कीबाट नेकपाको केन्द्रीय सदस्य बनेका नेतालाई सम्मान गरिएको थियो। सो अवसरमा गायक जीवन दाहाल, हरि केसी लगायतले सांस्कृतिक प्रस्तुति राखेका थिए। तत्कालीन नेकपा एमाले अन्नपूर्ण गाउँपालिका संयोजक लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तत्कालीन माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद अधिकारीले स्वागत तथा तत्कालीन माओवादी केन्द्रका गाउँपालिका सचिव भेषराज पौडेलले सञ्चालन गरेका थिए।
ढिकुरपोखरीमै मर्ने उद्घोष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले आफूलाई ढिकुरपोखरीले नै जन्माएको र ढिकुरपोखरीमै मर्ने बताएका छन्। उनले ढिकुरपोखरीसँग आफ्नो गहिरो सम्बन्ध भएको औैल्याउँदै सो उद्घोष गरेका हुन्। दाहालले भने, ‘अब मैले चाँडै नै ढिकुरपोखरीमा बस्नका लागि घर निर्माण गर्दैछु, त्यसको प्रक्रिया शुरु भइसकेको छ’।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दाहालले पटकपटक आफ्नो जन्मगाउँ भएकाले आफू भाषण गर्न ढिकुरपोखरी नआएको तर ढिकुरपोखरीले आफूलाई भावुक बनाउने गरेको सुनाए। यहाँका खोलानाला, वनपाखा सबैसँग आफ्नो साइनो रहेको बताउँदै दाहालले आफू अब ढिकुरपोखरीमै मर्ने उद्घोष गरेका छन्। ‘अब ढिकुरपोखरीवासीसँग मेरो धेरै भेटघाट हुन्छ, सोही क्रममा सविस्तारमा युद्घकालदेखि शान्तिप्रक्रियाका सबै कुरा सुनाउने धोको छ, उनले भने ।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९