गल्याङ, १९ जेठ। तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले निर्धक्क रुपमा कलम चलाउन पत्रकारलाई सुझाव दिएका छन्।
स्वतन्त्र पत्रकार संघ नेपालको सातौं केन्द्रीय वाषिर्क साधारण सभा तानसेनमा शनिबार उद्घाटन गर्दै उनले सो सुझाव दिएका हुन्। वस्तुनिष्ठ र यथार्थ पत्रकारिता स्वतन्त्र पत्रकारिता भएकाले त्यस अभियानमा लाग्नुपर्नेमा उनको जोड छ । उनले देखिने आन्दोलनभन्दा पनि नदेखिने रुपबाट पत्रकारले आन्दोलन चलाउनु पर्ने बताए ।
नगर प्रमुख शाहीले राज्यले सिंहदरबारको अधिकार स्थानीय तहमा भने पनि विभिन्न बहानामा अधिकार कटौंती गरेको बताए । अहिले हरेक स्थानीय तहमा बजेट घटेर आयो भने पनि केन्द्रले स्थानीय तहलाई दिएको अधिकार पनि कटौती गरेका कारण बजेट घटेको उनले बताए।
उनले पत्रकारले विभिन्न रंगीन चस्मा लगाएर समाचार लेख्दा वास्तविक विषयवस्तु बाहिर नआउने भएकाले सबैको विश्वास गर्ने बनेर आफ्नो पेशामा लाग्न आग्रह गरेका थिए।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका सल्लाहकार नारायण कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल लगायतले आफ्नो पेशामा निर्धक्क भएर समाजका हरेक कुरालाई आमजनसमुदायमा पुर्याउनु पर्नेमा जोड दिए ।
‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै पत्रकार भन्नु भन्ने मूलनाराका साथ स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रको आयोजना र स्वतन्त्र पत्रकार संघ नेपाल पाल्पाको व्यवस्थापनमा श्रीनगरमा साधारणसभा भएको हो । कार्यक्रममा संघद्वारा प्रकाशित ‘स्वतन्त्र सन्देश’ मुखपत्र विमोचन गरिएको थियो।
कार्यक्रममा संघका विभिन्न जिल्ला अध्यक्षहरुले सम्बन्धित जिल्लाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। साधारण सभाले आठबुँदे घोषणापत्र जारी गरेको छ । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संघ कास्कीका अध्यक्ष कृष्ण थापा र सञ्चालन केन्द्रीय महासचिव नवराज पहाडीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९