पोखरा, १९ जेठ । पोखरामा जारी सफाइ अभियानअन्तर्गत शनिबार बेगनासताल किनार सरसफाइ गरिएको छ ।
बेगनास युवा क्लबद्वारा सञ्चालित १५ औं हप्ताको सफाइ अभियानलाई साथ दिँदै पोखरा उपत्यका बृहत् सफाइ अभियानअन्तर्गत १०५ हप्ताको श्रृंखला बेगनास पुगेको अभियन्ता अञ्जु केसीले बताइन् ।
सफाइ कार्यक्रमअन्तर्गत डुंगाघाटदेखि बाँध वरपरको झण्डै तीन टन प्लाष्टिकजन्य फोहरमैला संकलन गरिएको बेगनास युवा क्लबका सचिव रोशन खनालले बताए। कार्यक्रममा प्रदेश ४ प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहरा र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेललाई अभियानतर्फबाट वडाध्यक्ष कमलबहादुर थापा र बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाटले माल्यार्पण गरी स्वागत गरेका थिए।
यसैबीच, सफाइ अभियानका संयोजक रामबहादुर पौडेलले वडा ३१ का वडाध्यक्षले कमलबहादुर थापालाई ‘यस क्षेत्रकै सुन्दर प्राकृतिक सम्पदा बेगनासताल एवं आसपासका वनजंगल, जडिबुटीयुक्त अपार जैविक विविधताको संरक्षण, उचित व्यवस्थापन तथा समग्र वडाको नियमित सरसफाइसँगै पर्यापर्यटन प्रवर्द्धन गर्ने कार्यलाई विशेष प्राथमिकतामा राख्नेछु।
सामाजिक न्यायको सिद्धान्तलाई मार्गर्दर्शक मान्दै समग्र वडाको पूर्वाधार विकास र कमजोर आर्थिक अवस्थाका जनताको जीवनस्तर उकास्ने कार्यमा विशेष चासो राख्नेछु, महिला, बालिका, किशोरीमाथि हुने यौनजन्य दुराचारको डटेर प्रतिवाद गर्नेछु। बसपार्कदेखि बेगनासतालसम्म मापदण्ड मिचेर बनाइएको संरचना अविलम्ब हटाउनेछु। विकास निर्माणका बहानामा ऐतिहासिक चौतारी, पोखरी र पानीका कुवाहरु नष्ट गर्ने छैन’ भन्ने व्यहोराको प्रतिबद्धता वाचनसहित हस्ताक्षर गराएका थिए।
यसपटकको सफाइ अभियानमा नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, अभियान महिला समूह, माछापुच्छे्र महिला क्लब, खहरे आमा समूह, मितेरी नारी समूह, भूपूसैनिक संघ वडा ५, ड्यामसाइड टोल विकास संस्था, सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ, बेगनास डुंगा व्यवसायी समिति, स्थानीय संघसंस्था, विद्यालय लगायत सामाजिक अभियन्ताहरुले ऐक्यबद्धता जनाएको बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिए।
सफाइ अभियानका लागि नेपाल पर्यटन बोर्ड पोखराका तर्फबाट १५ थान डोको र १० प्याकेट डिस्पोजल ग्लोब उपलब्ध गराइएको थियो। कार्यक्रममा वडाध्यक्ष कमलबहादुर थापाले धन्यवाद ज्ञापन गरेका थिए। आगामी १०६ हप्ताको सफाइ कार्यक्रम महेन्द्रपुलदेखि सिर्द्धार्थचोकसम्म हुनेछ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९