पोखरामा विश्वकर्मा संग्रहालय बन्ने

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७५
Vishwakarma Samaj

पोखरा, १९ जेठ। पोखरामा राष्ट्रिय विश्वकर्मा संग्रहालय निर्माण गरिने भएको छ। विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीले संग्रहालय निर्माण योजना अघि बढाएको हो।

अन्तर्राष्ट्रिय जगतमा परिचित खुकुरी, ग्रामीण क्षेत्रमा प्रयोगमा आउने हँसिया, बञ्चरो, कोदाली, कुटो, खुँडा र लोकप्रिय सुनका गरगहना निर्माणमा निर्माणकर्ताको सीप, कला, कौशलको संरक्षण र सर्म्बर्द्धन गर्न संग्रहालयको निर्माण योजना अघि बढाएको समाजका अध्यक्ष गणेश बराइलीले बताए।

बराइलीका अनुसार पोखरा लेखनाथ महानगरपालिका-२५, पुम्दीभुम्दीस्थित दहरामा कामीको भं’यरथानमा संग्रहालय निर्माण गर्ने योजना रहेको छ।  संग्रहालयका लागि करिव ४० करोड लाग्ने अनुमान लगाइएको छ।

संग्रहालय निर्माणसँगै पोखरामा अको पर्यटकीय गन्तव्य थपिनुका साथै आन्तरिक पर्यटन प्रबर्द्धन र पौराणिक वस्तुको पहिचान एवं संरक्षण हुने विश्वास लिइएको छ।

संग्रहालय निर्माणपछि ऐतिहासिक काठबाट बनाइएका वस्तु एवं फलामका वस्तु खुकुरी, तरवार, हँसिया, बञ्चरो लगायत संग्रह गरिने अध्यक्ष बराइलीले जानकारी दिए। संग्रहालयमा सम्भव भएसम्मको हातहतियार र आभूषण राखिनेछ।

संग्रहालयमा ऐतिहासिक शिल्पकारको तस्वीर तथा विश्वकर्मा भगवानको महिमासहितको मूर्ति स्थापना गरिने बताइएको छ। पुराना औजार, प्राविधिक शिल्पकला र पर्यटनसम्बन्धी व्याख्यासहितको पुस्तक संग्रहालयमा राखिने छ।

संग्रहालय निर्माणका लागि समाजले गणेश बराइलीको अध्यक्षतामा २३ सदस्यीय व्यवस्थापन समितिसमेत गठन गरेको छ। जसको उपाध्यक्ष भीम नामगादे, हरि बराइली, सचिव मीन बराइली, सहसचिव दलबहादुर नामगादे र कोषाध्यक्ष बाबुलाल घिमिरे छन्।

सदस्य मञ्जु बिक, सुमित्रा लामगादे, कल्पना बराइली, कौशिलादेवी सुनार, रनबहादुर बिक, नवीन विश्वकर्मा, जगन विश्वकर्मा, शाकमन सदाशंकर, लालसिंह घताने, हेमराज खाती, धनबहादुर सेञ्चुरी, लालबहादुर रसाइली, गोविन्द घताने, राम रसाइली, भीमबहादुर बराइली ‘क्षितिज’, प्रेम गहल र किसान सुनार छन्।

समाजद्वारा शनिबार विश्वकर्मा संग्रहालयबारे परामर्श कार्यक्रम गर्‍यो। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दुर्गा बिकले उक्त ठाउँमा दलितको खुला विश्वविद्यालयसहित विश्वकर्मा संग्रहालय निर्माण बन्नुपर्नेमा जोड दिइन्।

हातहतियार तथा आभूषणको शिल्पी विश्वकर्माको पहिचानसहितको संग्रहालय निर्माणका लागि आफ्नो सहयोग रहने प्रतिबद्धता जनाइन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले समाजको उत्थानमा जातीय पहिचान हुनुपर्ने औंल्याए। मुल्मीले हरेक जातजातिले आफ्ना पहिचान र मुद्दालाई अघि सार्नसमेत सुझाव दिए। सानो ठूलो जाति कोही नरहेको दावी गर्दै मुल्मीले कुनै पनि जाति र व्यक्ति विशेष लघुताभाषमा बाँच्न नहुने धारणा राखे।

कार्यक्रममा उत्पीडित आन्दोलनका अभियन्ता दुर्गाबहादुर सुनार, विश्व हिन्दू महासंघ, पोखरा लेखनाथ महानगरका अध्यक्ष अशीलकुमार शाही, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका प्रतिनिधि उज्ज्वल अधिकारी र शिक्षक संघ कास्कीका अध्यक्ष तारा पौडेल लगायतले संग्रहालय निर्माणका लागि सुझाव दिएका थिए।

विश्वकर्मा समाज नेपालका अध्यक्ष गणेश बराइलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शाकमन सदाशंकरले स्वागत, उपाध्यक्ष रनबहादुर बिकले धन्यवाद ज्ञापन र महासचिव लालुसिंह घतानेले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width