लमजुङ, १९ जेठ। वेशीशहर नगरपालिकाले जिल्लाका दृष्टिविहीन भएका ५० जनालाई सेतो छडी वितरण गरेको छ।
नगरपालिका प्रमुख गुमानसिंह अर्यालले लमजुङ नेत्रहीन संघका अध्यक्ष विष्णु पोख्रेललाई एकमुष्ट रुपमा सेतो छडी वितरण गरेका हुन्। दृष्टिविहीनको वैकल्पिक आँखाका रुपमा रहेको सेतो छडी सबै दृष्टिविहीनको प्रतीक चिन्ह र अधिकार दुवै मानिन्छ।
नगरपालिकाको चालु आर्थिक वर्ष २०७४/७५ अपाङ्ग लक्षितअन्तर्गत ५० हजार रकम विनियोजन गरिएको थियो । सोहीअन्तर्गत नगरपालिका आफैले सेतो छडी खरिद गरेर वितरण गरेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए। उनले भने दृष्टिविहीन व्यक्तिलाई दैनिक जीवनयापनमा सहजहोस् भन्ने उद्देश्यले सेतो छडी वितरण गरिएको हो।
लमजुङ नेत्रहीन संघ अध्यक्ष विष्णु पोख्रेलले नेत्रहीन संघ लमजुङको साधारण सभा कार्यक्रममा जिल्लामा त्यस्तो सेवा पाउन बाँकी रहेका सबै नेत्रहीनलाई सेतो छडी वितरण गरिने जानकारी दिए।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख लक्ष्मी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारी, शाखा अधिकृत राजेश्वर सिलवाल लगायत उपस्थित थिए ।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९रामचन्द्र पाैडेलकाे गृहनगरमा वैकुन्ठ न्याैपाने विजयी, एमाले–स्वतन्त्र गठबन्धनका जाेशीकाे प्रयास सफल भएन
जेठ ९, २०७९पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
जेठ ८, २०७९