पोखरा, १९ जेठ । पाल्पाली समाज पोखराले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी, प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवलगायत व्यक्तिलाई स्वागत सम्मान गरेको छ ।
समाजले शनिबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ, सहायक प्रजिअ राजेश पन्थी, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा कार्यरत डा. खेमराज अधिकारी, पाल्पाली कवि शालिकराम नेपाल र ज्योतिष भगवान शास्त्रीलाई समाजमा स्वागत तथा सम्मान गरेको हो । उनीहरुलाई समाजका अध्यक्ष कुलप्रसाद घिमिरे, पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल, सल्लाहकार एवं संरक्षक चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार जनपुकार मुनकर्मी, जगदीश गौतम, बाबुराम खनाल लगायतले फूलमाला सहित सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै सहायक प्रजिअ पन्थीले कुनै पनि संघसंस्था तथा समाज खोल्नु ठूलो कुरा नभई निरन्तरता दिनु महत्वपूर्ण हुने बताए । उनले समाजको हितको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उल्लेख गर्दै प्रशासनिक कार्य सम्पादनमा समेत समाजको सकारात्मक सुझावको अपेक्षा गरे ।
मन्त्रालयका सचिव श्रेष्ठले समाजले आपसी भाइचारा र मित्रभाव राख्न निकै महत्व राख्ने बताए । उनले जिल्ला बाहिर जाँदामात्र आफन्त र साथीभाइको अभाव महसुस हुने उल्लेख गर्दै यस्ता खालका कार्यक्रमले त्यसको पूर्ति गर्ने बताए । समाजका सल्लाहकार जनपुकार मुनकर्मीले पाल्पाली समाजका पछिल्ला गतिविधिले समाज पहिले जस्तै जुर्मुर्याउन लागेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा आगामी दिनमा समाजले सहकारी स्थापनाका लागि छलफल समेत गरेको छ । हाल गठित कल्याणकारी कोष संयोजक रहेका समाजका सल्लाहकार एवं संरक्षक चिरञ्जीवी श्रेष्ठले त्यसको योजनाबारे जानकारी गराए ।
समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष बालचन्द्र परियार र संचालन सचिव श्रीधर पराजुलीले गरेका थिए । यस्तै कोष विस्तारमा धेरै सदस्य बनाई योगदान गरेकोमा समाजका सदस्य गिरिराज पोखरेल र रेणुका बज्राचार्यलाई सम्मान गरियो भने पाल्पामा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९