पोखरा, १७ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलार्इ पुरानै ठाउँमा नपुर्याई आफूले पद नछाड्ने बताएका छन् । पछिल्लो निर्वाचनमा शर्मनाक हारपछि पार्टीभत्रै आलोचित बनिरहँदा सभापति देउवाले सबैभन्दा ठूलो पार्टीकाँग्रेसलाई फेरि विशाल बनाएरमात्रै आफूले विश्राम लिने बताए ।
नेपाली काँग्रेस कास्कीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले समानुपातिक नतिजाबाट पार्टीसानो नभएको प्रमाणित भएको भन्दै घात अन्तर्घातका साथै बाम एकताले समेत असर परेको बताए ।
‘स्थानीय चुनावमा माओवादीसँग तालमेल भएको थियो । पछि एलायन्स तोडिहाल्यो,’ देउवाले भने, ‘पार्टीका छाडा प्रवृत्ति हावी भयो । यसमा पार्टीनिर्मम ढंगले अघि बढ्छ र कारबाही गर्छ । ताकि, अर्को पटक कोही पनि पार्टीवरुद्ध छाडा भएर अन्तर्घात नगरुन् ।’
देउवाले नेपाली काँग्रेसलाई घात अन्तरघातमुक्त पार्टीबनाउने उद्घोषसमेत गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले संविधान कार्यान्वयनका लागि चुनावमा जानुपर्ने आवश्यकता भएको र त्यसको जिम्मेवारी आफूले पूरा गरेको बताए । आगामी दिनमा पार्टीलार्इ सुदृढ बनाउने, गाउँगाउँ जाने, जनताको दुःखसुखमा साथ दिएर पुनः इतिहासकै जस्तो पार्टीलार्इ पुनर्जीवन दिने उनको भनाई थियो । देउवाले भने, ‘दुर्इ पार्टीमिलिसक्यो । अब यसरी हुन्न ।’
वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीनीति, विधिका आधारमा संचालन गर्न आग्रह गरे । उनले गुटबन्दी सबै ठाँउमा हुने भन्दै त्यसलाई व्यवस्थापन गर्नुपर्ने बताए । उनले पार्टीका लोकतान्त्रिक संस्कार हुनुपर्ने र त्यही अनुसार पार्टीलार्इ अगाडी बढाउनुपर्नेमा जोड दिए ।
काँग्रेका महामन्त्री सशांक कोइरालाले काँग्रेस आफूमै एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अनि मात्र काँग्रेस अगाडि बढ्न सक्ने बताए ।
कार्यक्रममा नेताहरु गोपालमान श्रेष्ठ, जीवन परियार, कृष्णचन्द्र नेपाली, विष्णु लामिछाने, शुक्रराज शर्मा, यज्ञबहादुर थापा, खेमराज पौडेल, महादेव गुरुङ, देवराज चालिसे, युवराज कुँवर, देवेन्द्रकुमार शेरचन, नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा आचार्य लगायतले गुटउपगुटका कारण पार्टीकमजोर र निर्वाचनमा पराजित भएको बताउदै सभापति देउवा र वरिष्ठ नेता पौडेल मिल्नुपर्नेमा जोड दिए ।
काँग्रेस कास्कीका सभापति कृष्ण केसीले स्वागत एवं सचिव सुदिपमोहन भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए । सम्मेलनमा कास्कीका गाउँ कार्यसमिति, नगर समितिका सभापतिहरु तथा क्षेत्रीय प्रतिनिधि गरी सात सय १२ जना सहभागी छन् ।
शुक्रबार बिहानैदेखि बन्दसत्र शुरु हुने र जिल्ला कार्यसमिति कास्कीको तर्फबाट राजनैतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेश गरिने कार्यक्रम रहेको सचिव भट्टराईले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
मुस्ताङको तेज निरलामा अमिशाको प्यानल विजयी
निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
कांग्रेसको निर्णय : प्रचण्डलाई विश्वासको मत दिने, सरकारमा सहभागी हुने
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९