पोखरा, १७ जेठ ।प्रदेश ४ सरकारले आगामी आर्थिक बर्षका लागि बजेट विनियोजनको तयारी गरिरहेको छ । बुधबारदेखि त्यसकै लागि बजेट अधिबेशन सुरु भएको छ । विहिबार अर्थमन्त्री किरण गुरुङले बजेटका प्राथमिकता र सिद्धान्त संसदमा प्रस्तुत गरे । आगामी बजेटले समाजवादउन्मुख अर्थ ब्यवस्थाको आधारशीला तय गर्ने उनको भनाई छ ।
‘दीगो शान्ति र सुशासन कायम गर्ने गरी बजेट तय गरिनेछ । जसले आर्थिक सामाजिक विकासको माध्यमबाट सबै प्रकारका विभेद, पछौटेपन र गरिवीको अन्त्य हुनेछ,’ उनले भने, ‘आउँदो बर्ष लगानीलाई बढावा दिने र समृद्ध प्रदेश निर्माणको आधारशीला बनाउन नीति तथा कार्यक्रम केन्द्रीत हुनेछ ।’
आउँदो बजेट संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य र सहलगानीबाट समृद्धोन्मुख हुने गुरुङ बताउँछन् । सरकारले विनियोजन विधेयकमा ७ वटा क्षेत्रलाई प्राथमिकताका साथ अघि सारेको छ । भौतिक पूर्वाधार, कृषि, सामाजिक विकास, पर्यटन, उर्जा, उद्योग, जलश्रोत र खेलकुदलाई सरकारले प्रदेश समृद्धिको आधारशीलाका रुपमा प्रश्ताव गरेको छ ।
प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकालाई प्रबर्द्धन गर्ने, उद्योग क्षेत्रको विकास र विस्तारका लागि आर्थिक औद्योगिक कोरिडोर र विशेष आर्थिक क्षेत्रको स्थापना गर्ने, उपलब्ध श्रोतको दीगो ब्यवस्थापन र मानवीय श्रोतको उच्चतम उपयोगसहित आर्थिक रुपान्तरण गर्ने, स्वदेशी लगानीलाई प्राथमिकता दिई बैदेशिक लगानी आकषिर्त गरेर रोजगारी सिर्जनामा जोड दिने, सहकारी क्षेत्रलाई विकासको साझेदारका रुपमा अघि सार्ने, कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वढाउन जोड दिने लगायत नीतिहरु सरकारको प्राथमिकतामा छन् ।
यस्तै व्यवसायिक तथा प्राविधिक शिक्षामा जोड, सिमान्तकृत तथा अल्पसंख्यकलाई सामाजिक संरक्षण, हिंसा पीडित महिलाको पुनस्र्थापना, संरक्षण र सशक्तिकरण, सार्वजिनक सेवालाई नागरिकमैत्री बनाउने नीति पनि अख्तियारी गरिएको छ । विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमाथि शुक्रबारदेखि छलफल चल्नेछ ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखरा महानगरको मतगणना सुरु
१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र
राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९