पोखरामा विश्व धुमपानरहित दिवस

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७५
Arbudh Rog Sachetana

पोखरा, १७ जेठ। पोखरामा विहिबार विश्व धुम्रपानरहित दिवस मनाइएको छ। नेपाल अर्वुदरोग निवारण संस्था कास्की शाखाद्धारा धुम्रपानरहित दिवस मनाएको हो।

यस वर्षको नारा ‘सुर्तिजन्य पदार्थ र मुटु सम्बन्धी रोग’ को विषयलाई माविस्तरीय चित्रकला प्रतियोगिता गरिएको थियो।  दिवसको पूर्वसन्ध्यामा धुम्रपानसम्बन्धी आयोजना गरिएको चित्रकला प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्‍यो।

चित्रकला प्रतियोगितामा सैनिक आवासिय माविका सचिन केसी प्रथम, अमरसिंह माविकी अञ्जली के.सी. द्धितिय, लोटस एकेडेमीकी यजस्वी थापामगर तृतीय, स्टेप बाई स्टेपकी क्रेशा खड्का र हिमालय बोर्र्डिङ स्कूलका पारस शाही ठकुरी शान्त्वना भएका थिए।

संस्थाले प्रकाशन गरेको ‘हाम्रो घरमा कसैले पनि ध्रुमपान गर्दनौ’ भन्ने सूचनामूलक स्टिकर प्लेटको लोकापर्ण्र्ाागरी सवैलाई आफ्नो घर, कार्यालय र सार्वजनिक संस्थाहरूमा देखिने ठाउँमा उक्त स्टीकरलाई राख्न अनुरोध गरेका थिए । वक्ताहरुले विशेषगरी सुर्ति र सुर्तिजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्य र त्यसले मुटुमा पार्ने नकारात्मक प्रभावका साथै सुर्तिजन्य पदार्थको प्रयोगले क्यान्सर रोग लाग्न सक्ने भएको हुँदा त्यसबारे समुदायमा चेतनामूलक गतिविधिहरू गर्न गराउन समेत अनुरोध  गरेका थिए ।

प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले वडा र संस्थाको समन्वयमा साझेदारी कार्यक्रम अगाड बढाउन प्रतिबद्धता जनाए। ९ नं वडाले ‘स्वस्थ जीवन, स्वस्थ घर, स्वस्थ राष्ट्र र स्वस्थ वडा’ को अभियानलाई अघि सारेको लामिछानेको भनाई थियो।

कार्यक्रममा संस्थाका पूर्व सभापतिहरु माधवप्रसाद सिग्देल, दिनेशशंकर पालिखे, हार्डवयर एशोसिएसनका पूर्व अध्यक्ष प्रेम पौडेल, पोखरा लेखनाथ महानगरापालिका वडा नं ३ का वडा अध्यक्ष रविन्सन प्रजु र वडा नं ९ का वडासचिव लोकदर्शन कोइरालाले मन्तव्य राखेका थिए।

संस्थाका सभापति रामचन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति विश्वमोहन अधिकारीले स्वागत, उपसभापति प्रेमबहादुर भुजेलले धन्यवाद ज्ञापन र सचिव नारायण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए।

त्यसैगरी, विश्व धुम्रपानरहित दिवसको अवसर पारेर पोखरा लेखनाथ २६ को अघौर्चोकमा रहेको न्यू एरा एकेडेमीमा विहिवार सुर्तिजन्य पदार्यको सेवनले स्वास्थ्यमा पार्ने असरबारे जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका छन् ।

जुनियर रेडक्रस सर्कल न्यू एराको ब्यवस्थापनमा लक्ष्मीमावि चौतारा र अघौर्चोकमा धुम्रपानले मानव शरिरमा पार्ने असरबारे सचेतनामूलक नाटक र प्लेकार्डसहितको र्‍याली निकालिएको हो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको र्‍याली विद्यालय परिसरबाट भित्री अघौ बजार हुँदै लक्ष्मी मावि, सुन्दरीवजार र अघौर्चोकमा पुगेको विद्यालयका शिक्षक खगराज धमलाले जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…
  • सेनाले गर्‍यो बम डिस्पोज

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    नवलपुर । पूर्वी नवलपरासीको विनयीत्रिवेणी ५, सर्दीमा फेला परेको बेवारिसे बम नेपाली सेनाले डिस्पोज गरेको छ । आइतबार स्थानीयले खेतमा…
  • तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । स्याङ्जा सेतीदोभानकी सन्तोषी ढकाल पोखरा आएर बसेको करिब १३ वर्ष भयो । सुरुको १० वर्ष मालेपाटनमा बसेकी उनी…

hero news full width