पोखरा, १७ जेठ ।चिनको हिनान प्रान्तको लिनझ्याउमा जेठको १२ देखि १७ गतेसम्म सम्पन्न प्याराग्लाइडिङ क्रस कन्ट्री प्रि-वर्ल्ड कपमा नेपालका बिशाल थापाले व्यक्तिगत इभेन्टमा तेस्रो स्थान हात पारेका छन् ।
करिब ६ दिनसम्म चलेको उक्त प्रतियोगितामा नेपालका कृष्णबहादुर सुनवारले पाँचौ स्थान प्राप्त गरेको नेपाल प्याराग्लाइडिङ तथा हृयाङग्लाइडिङ संघ -नेफा) का महासचिव शैलेन्द्र राउतले बताए ।
उक्त प्रतियोगितामा चिनले प्रथम र रसियाले दोश्रो स्थान हात पार्न सफल रहेका महासचिव राउतले बताए । उक्त प्रतियोगितामा सहभागिता जनाउन नेपाल बाट ७ सदस्यीय टोली चिन गएको थियो।
टोलीको प्रशिक्षकमा नेपाल हवाई खेलकुद संघ -ना) का अध्यक्ष योगेश भट्टराई र टिम ब्यबस्थापकमा नेफाका सचिव इन्द्र भण्डारी र कोषाध्यक्ष मधुकर सुवेदी थिए ।
यो जितले इण्डोनेशियाको जकार्तामा हुने १८ औं एशियाली खेलकुदमा नेपालले पदक प्राप्त गर्न सक्छ भन्ने सन्देशसमेत दिएको नेफाका महासचिब राउतले बताए ।
उनले सन २०१८ को नोभेम्वरमा नेपालमा आयोजना हुने प्याराग्लाइडिङको विश्वकपमा समेत नेपालका खेलाडीले उच्चस्तरको खेल पर्दशन गर्ने क्षमता रहेको बताए ।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९