लेखनाथ, १७ जेठ ।धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा पार्ने असरबारे जनचेतना फैलाउने उद्देश्यले पोखरा लेखनाथ-१४ मा रहेको सेन्ट फ्रान्सिस विद्यालयले विहिवार विभिन्न ठाउँमा सडक नाटकसहित सचेतनामूलक र्याली निकालेका छन् ।
विद्यालयको आयोजना, शिक्षकहरुको ब्यवस्थापन र विद्यार्थीहरुको सहभागितामा पोखरा लेखनाथ महानगरपालिका अन्तरगत लेकसाईड, बगर, चिप्लेढुङा र लेखनाथ नगर क्षेत्रको विजयपुरदेखि तालचोकसम्म धुम्रपानका असर र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे जनचेतनामूलक कार्यक्रम गरिएको हो।
यसैविच, कक्षा १० मा अध्यनरत विद्यार्थीहरुले पोखरा लेखनाथ २६ को विजयपुरदेखि तालचोकसम्म सचेतनामूलक र्याली निकाल्दै बुढिवजार र तालचोकमा धुम्रपानको सेवनले हुने रोगबारे जानकारी गराउँदै कुनैपनि सुर्तीजन्य पदार्थको प्रयोगबाट टाडै रहनुपर्ने सन्देशमूलक नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक विज्ञान तिमिल्सिना, विदुर अर्याल, दिनेश रानाभाट, विद्यार्थी सेजल पुन, पुणिर्मा वाग्ले, सुजल परियार, वुढिवजार बजार ब्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारी र स्थानीय शक्तिवल्लभ सिग्देल लगायतले रोग लाग्नु पूर्वनै शरीरलाई हानी पुर्याउने धुम्रपान तथा मध्यपानबाट टाढै रहनुपर्ने सुझाव राखेको विद्यालयका कार्यक्रम संयोजक हिमाल शर्माले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९