लेखनाथ, १७ जेठ ।पोखरा लेखनाथ महानगरपालिका-२६, अघौर्स्िथत श्री लक्ष्मी माविको शौक्षिक तथा भौतिक विकासका लागि भूपू विद्यार्थीहरुको सहयोग आउने क्रम जारी छ ।
विद्यालय परिसरभित्र निर्माणाधीन भवनको लागि पछिल्लो समय ललितपुर महानगरपालिका वडा नं १० कुपन्डोलनिवासी सृजना बराल सुवेदीले स्वर्गीय पिता भिमपाणि बरालको स्मृतिमा नगद १ लाख ११ हजार १ सय ११ सहयोग गरेकी छन् । उक्त सहयोग रकम आमा राधिका बरालले विद्यालयका प्रधाना अध्यापक ऋषिकेश बराललाई हस्तान्तरण गरेकी हुन्।
सोही अवसरमा पोखरा लेखनाथ २६ निवासी भू.पू.विद्यार्थी रेशमबहादुर कार्कीले स्वर्गीय आमाको स्मृतिमा ६६ हजार ६ सय ६६ पिता रामबहादुर कार्कीद्वारा हस्तान्तरण गरेका थिए ।
पोखरा लेखनाथ २७ घर भई हाल जापाननिवासी यस विद्यालयकी भूपू विद्यार्थी मञ्जु गिरिले स्वर्गिय ससुरा डिगम्बर गिरिको सम्झनामा नगद रु २० हजार देवर गणेश गिरि र विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष स्वर्गिय टेकबहादुर थापाको स्मृतिमा छोरी गंगा थापा भण्डारी र जुवार्ँइ रमेश भण्डारीद्वारा नगद रु १५ हजार ५ रुपैयाँसमेत सोही समारोहमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण जिसी र प्रधानाध्यापक ऋषिकेश बराललाई संयुक्त रूपमा हस्तान्तरण गरे ।
विद्यालयमा अध्ययन गरेका भू.पू.विद्यार्थी तथा शिक्षकहरु जो घर, देश र परदेशमा आफनो पसिना बगाई रहेका छन् उनीहरुले स्थानीय संघसंस्था वा ब्यक्तिगत रुपमा विद्यालयलाई निरन्तर रुपमा पाइरहेको प्रधानाध्यपक ऋषिकेश बरालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९