हेमजा, १५ जेठ। रेडियो दिदीबहिनी कुष्मा पर्वत र अन्नपूर्ण गाउँपालिका-२, ढिकुरपोखरीस्थित युवा आवाज नेपालको आयोजनामा मंगलवार सम्पन्न रक्तदान कार्यक्रममा १७ युनिट रगत संकलन भएको छ।
अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले पहिलो रक्तदाता रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी हुन् ।
गुरुङले सबैभन्दा ठूलो दान रक्तदान भएको उल्लेख गरिन्। सो अवसरमा रेडियोका अध्यक्ष कल्पना चापागार्इं, युवा आवाजका सल्लाहकार नारायणप्रसाद भण्डारी, वडा सदस्य भगवती भण्डारी, युवा आवाजका अध्यक्ष संगीता भण्डारी, दुर्गाभवानी आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक विष्णु भण्डारी, रेडियो दिदीबहिनीकी विष्णु गौतम, कालीगण्डकी टेलिभिजनकी शान्ति सुवेदी, युवा आवाजका सदस्य दिल जिसी लगायतले आ-आफ्ना धारणा राखेका थिए।
सोही कार्यक्रमबीच रेडियोकी अध्यक्ष चापागाईले आफ्नो ४४ औं जन्मोत्सव अवसर पारेर युवा आवाज नेपालको स्रोतकेन्द्रका लागि करिब ८ हजार बराबरका पुस्तक पनि प्रदान गरेकी छन्।
कार्यक्रममा वडा २ का अध्यक्ष चूडामणि पौडेलले व्यक्तिगत रुपबाट फलफूल सहयोग प्रदान गरेका थिए।
रेडियोकी अध्यक्ष चापागाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा युवा आवाजका अध्यक्ष संगीता भण्डारीले स्वागत र सचिव मीना भण्डारीले सञ्चालन गरेकी थिइन्।
कार्यक्रममा क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९